तीन कम्पनीको साधारण शेयर भदौ पहिलाे साता एकै पटक खुला

भदौ पहिलो साता एकै पटक तीन वटा कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने घोषणा गरेका छन् । समाज लघुवित्त वित्त संस्था, रिलायन्स लाइफ इन्स्योरेन्स र लिवर्टी इनर्जी कम्पनीले एकै साथ शेयर जारी गर्न लागेका हुन् ।

समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर भदौ ४ गतेदेखि शेयर खुल्ला गरेका छन् भने लिवर्टी इनर्जी कम्पनीले सेयर भदौ ३ गतेदेखि सर्वसाधारण लगानीकर्ताको लागि शेयर निष्कासनको आह्वानपत्र सार्वजनिक गरेका हुन् ।

समाज लघुवित्त वित्तीय संस्थाले ८६ लाख रुपैयाँको आईपीओ जारी गर्न लागेको हो । संस्था को साधारण सेयरमा लगानीकर्ताले भदौ ४ देखि ८ गतेसम्म आवेदन दिन सकिने छ । यस अवधिभित्र मागअनुसार नपरेमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिकित्ता १ सय रुपैयाँका दरले ८६ हजार कित्ता आइपीओ जारी गर्न लागेको समाज लघुवित्तको ८६ हजार कित्तामध्ये कर्मचारीको लागि १ हजार कित्ता, सामूहिक लगानी कोषका लागि ४ हजार ३ सय कित्ता सेयर छुट्याइएको छ । सर्वसाधारणको भागमा ८० हजार ७ सय कित्ताका मात्र परेको छ । 

न्यूनतम १० देखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिने आह्वानपत्रमा उल्लेख छ । संस्थाको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । संस्थाको आईपीओलाई कियर रेटिङ नेपालले कियर एनपी बी प्लस रेटिङ दिएको छ ।

यसैगरी, रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा पनि लगानीकर्ताले भदौ ४ देखि ८ गतेसम्म आवेदन दिन पाउने छन् । उक्त इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ६३ करोड रुपैयाँको ६३ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

इन्स्यारेन्सको ६३ लाख कित्तामध्ये ३ लाख १५ हजार सामूहिक लगानी कोषलाई र ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ भने ५६ लाख ७० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० देखि ६३ हजार कित्तासम्म आवेदन दिन सकिने आह्वानपत्रमा उल्लेख गरिएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

लिवर्टी इनर्जी कम्पनीको आईपीओ भने उक्त दुई कम्पनीको भन्दा एक दिनअघि भदौ ३ गते खुल्ने छ । आह्वानपत्रमा भदौ ३ देखि ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ ।

कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्काशन गरिएकोबाट बाँकी रहेको १३ लाख १४ हजार ९३० कित्ता समेतसहित सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर जारी गर्न लागेको हो ।

प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछ । कम्पनीलाई क्रेडिट रेडिट रेडिङ एजेन्सी इक्रा नेपालले ग्रेड ४ रेटिङ पाएको दिएको छ । आईपीओ बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ ।

तीन वटा संस्थाको आईपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र त्यसको शाखा कार्यालय तथा ‘मेरो सेयर’ बाट आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति: : 2020-08-14 13:12:01

प्रतिकृया दिनुहोस्