मङ्गलबार, १२ अगस्ट २०२५

ठप्प घर जग्गा कारोबार : अर्थतन्त्रमा के पर्छ असर ?

अनलाइनखबर

अनलाइनखबर

काठमाडौँ
News Image
• • •

रोयल आचार्य

 घरजग्गाको कारोबार बुधबारदेखि काठमाडौं उपत्यकासहितका अधिकांश सहरमा ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम बढेर मालपोत कार्यालयहरूले लिखत पास रोकेपछि घरजग्गाको कारोबार ठप्प भएको हो ।

२०७२ सालको महाभूकम्पपछि काठमाडौंमा घरजग्गाको कारोबार सुस्ताउने अनुमान गरिएको थियो । त्यसबेला भूकम्पलगत्तै भारतीय नाकाबन्दी पनि थपिएको थियो । त्यसबाट घरजग्गा कारोबारमा परेको असर भने लामो समयसम्म रहेन ।

भूकम्पको त्रास हटेसँगै धेरैको अनुमानभन्दा ठीक विपरीत काठमाडौंमा घरजग्गाको कारोबार मौलायो । काठमाडौंमा दिनप्रतिदिन फस्टाइरहेको घर जग्गा कारोबार कोरोना संक्रमणको त्राससँगै सुस्ताएको छ । ४ महिना लामो लकडाउनमा घरजग्गाको कारोबार ठप्पप्रायः भयो ।

शुक्रबार, श्रावण ३०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)