आइतबार, ०३ अगस्ट २०२५

सौभाग्य प्रधानांग: सांस्कृतिक शहरले बनायो पुरातत्वविद्

हिमाल खबर

हिमाल खबर

काठमाडौँ
News Image
• • •

नुनुता राई
राष्ट्रिय अभिलेखालयकी निमित्त महानिर्देशक सौभाग्य प्रधानांगको उसो त काम हो, विभिन्न निकायमा सिर्जना भएका र राष्ट्रिय अभिलेखालयमा संकलित अभिलेखको संरक्षण, व्यवस्थापन तथा अध्ययन अनुसन्धान र सेवाग्राहीलाई सेवा प्रदान गर्ने। तर, ती सामग्रीको स्पर्शमा उनी रमाउँछिन्। पुराना लेखोट र ढुसी परेका कागजपत्रको संरक्षणमा पनि उनी सुगन्ध भेट्छिन्।

संस्कृति, सम्पदा र पुरातत्वको क्षेत्रमा वर्षौं काम गरेकी उनले आफ्नो कर्ममा लगाव राख्नुमा हुर्काइ र स्थानीय परिवेशको प्रभाव गाँसिएको छ। अन्ततः उनले जीवनसँग जोडिएको र रुचिको क्षेत्रलाई नै काम बनाइन्।

भक्तपुरको नगदेशमा जन्मेकी हुन् सौभाग्य। उनको समुदायमा १२ महीनामा १४ वटा पर्व मनाइन्थ्यो। घरमा हरेक पूजा विधि पुर्‍याएर गरिन्थ्यो। 

भक्तपुरमा पनि ठाउँ अनुसार फरक–फरक संस्कृति छ। संस्कृति फरक भए पनि विधि भने लगभग मिल्ने उनी बताउँछिन्। नगदेश सहित अन्य स्थानमा मनाइने घन्टा कर्ण (गथाः मुगः), सिथिः नखः लगायत अन्य जात्रा पर्वमा रमाउँदै सहभागी हुने गरेको बाल्यकालका दिनहरू उनी अझै सम्झन्छिन्। 
 

सोमबार, भाद्र ०१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)