
इनारमा
अनुहार देखिने गरी
टाउको निहुँराएर
आवाज अलिकति सारो दिनु
आवाज पानीको सतह माथिमाथि
इनारका चार भित्ताहरूमा स्पर्श गर्दै
आवाज क्रमश: माथिमाथि उक्लन्छ
इनारभित्र डुव्दैन आवाज
आवाज इनारभित्र शुन्य र विलिन भएर र पनि जादैन
आवाज भनेको आखिर आवाज हो !
त्यो आवाज
खुला आकाशमुनि
उपत्यकामा उभिएर
अथवा
चार पर्खालभित्र / बाहिर
वन्द कोठाभित्र
त्यो जेल नै किन नहोस
आवाज जस्ताको तस्तै
भित्ता भित्तामा स्पर्श गर्दै
ठेकिन्दै ठक्कर खादै
प्रतिआवाज भएर
खुला आकाशमुनि बग्न बाटो खोज्दछ
झ्याल र ढोका खोल
आवाज बन्द कोठावाट बाहिर आओस,
सुतेकाहरु ब्युँझन्छन
ध्वासो लागेको देशको अनुहारमा
कान्ती,
जनजागृती आउँछ'!
आवाज जस्ले जसरी दिए पनि हुन्छ
बन्द कोठाको ढोका
बाहिरबाट ढकढकाएर आवाज दिए पनि हुन्छ
मान्छे मार्ने मान्छेलाइ
बन्दूक़ पड्काएर आवाज दिए पनि हुन्छ!
आवाज जस्ले जसरी दिए पनि हुन्छ
आवाज मान्छेको अतिरिक्त
वन्दुक र वमको पनि हुन्छ!
तर आवाज
सुतेकाहरुका लागि
ध्वासो लागेको देशको अनुहारमा
कान्ति जनजागृती ल्याउने हुनुपर्छ
नभए भन्न सकिन्दैन
आवाज भनेको आवाज हो
त्यस्को प्रतिआवाज कस्तो हुन्छ
विराटनगर
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया