क्वारेन्टिनमा बसेका चिकित्सकहरूलाई आफ्नो टोलमा बस्नसमेत नदिने भनेर हुलहुज्जत गर्ने प्रवृत्ति चरम अमानवीय र मूर्खतापूर्ण पनि हो । यस्तो भिडतन्त्र भारतीय समाजमा विशेषगरी उत्तरभारतमा बेलाबखत देखिने गथ्र्यो । विडम्बना, यस्तै अन्धविश्वास निर्देशित मानसिकता नेपालको राजधानीकै बासिन्दामा देखियो । काठमाडौंको बानेश्वरस्थित ‘बल्लभ मार्ग’को एउटा होस्टलमा सिभिल अस्पतालका चिकित्सकहरू बस्दै आएका थिए । उनीहरू आफ्नो टोलमा बसेको विरोधमा शनिवार ‘टोल सुधार समिति’का नाममा जम्मा भएको भिडले होस्टेलमै हुलहुज्जत गर्दा प्रहरी नै बोलाउनु परेछ । यसअघि चितवनमा आफ्नै घरभित्र आइसोलेसनमा बसेका चिकित्सकहरूलाई स्थानीय वडाध्यक्षसमेतको संलग्नतामा दुव्र्यवहार गरेका थिए । यसैगरी संखुवासभा, विराटनगर, वीरगन्ज, चितवन र जाजरकोटलगायत देशका विभिन्न भागमा पनि चिकित्सकहरूमाथि स्थानीय बासिन्दाले दुव्र्यवहार गरेका समाचार सार्वजनिक भएका छन् ।
विश्वका विभिन्न भागमा कोभिड – १९ को संक्रमण समाजमा महामारीका रूपमा फैलन नदिन अगिल्लो पंक्तिमा लडेका भन्दै चिकित्साकर्मीहरूलाईे सम्मान र प्रोत्साहन दिइएको छ । आप्रवासीप्रति अपेक्षाकृत अनुदार बेलायत प्रधानमन्त्री बोरिस जोन्सन कोभिड–१९ बाट संक्रमित भए । अस्पतालमा उनको उपचारमा आप्रवासी नर्स र डाक्टरहरू खटिएको देखेपछि उनले तिनीहरूको खुलेर प्रशंसा गरेका थिए । धेरै समाजमा चिकित्सकहरूलाई अहिले ‘नायक’ मानेर स्याबासी दिइएको छ । नेपालका स्वास्थ्यकर्मीहरूले आधारभूत सुविधा र वैयक्तिक सुरक्षा सामग्रीसमेत नपाउँदा पनि बिरामीको उपचार गरिरहेका छन् । राज्यले दिने भनिएको सुविधा पनि कतिपयले पाएका छैनन् । तैपनि, उनीहरू आफ्नो कर्तव्य पालन गरिरहेका छन् । समाजलाई संक्रमणबाट जोगाउन खटिएका चिकित्साकर्मीलाई टोलमा बस्नसमेत नदिने क्रूर अमानवीय बैगुनी सोच नेपालीमा कसरी पलायो होला?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया