बिएल संवाददाता
फिफा विश्वकपमा जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार क्यानडामा भएको खेलमा आइभरी कोस्टलाई २-१ गोलले हराउँदै जर्मनी विजयी भएको हो।
डेनिस उन्डाभले दोस्रो हाफमा मैदान प्रवेश गर्दे दुई गोल गरेपछि जर्मनीले फिफा विश्वकप २०२६ मा आइभरी कोस्ट विरुद्ध २-१ को पुनरागमन जित हात पारेको हो।समूह इ अन्तर्गत आइतबार बिहान क्यानडाको टोरन्टोको भएको खेलमा उन्डाभले इन्जुरी टाइममा विजयी गोल गरेका थिए।
लगातार दोस्रो जितपछि जर्मनी एक खेल अगावै नकआउट चरणमा पनि प्रवेश गरेको छ । जर्मनीले दुई खेलबाट ६ अंक जोडेर समहु इ को शीर्ष स्थानमा छ । जर्मनीले अब इक्वेडरसँग अन्तिम खेल खेल्ने बाँकी छ।पहिलो हार बेहोरेको आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ। आइभरी कोस्टले अब समुहकोअन्तिम खेलमा कुरासाओ विरुद्ध खेल्नेछ।६०औं मिनेटमा जमाल मुसिएलाको स्थानमा मैदान प्रवेश गरेका उन्डाभले ६८औं मिनेटमा पहिलो गोल गर्दै खेल बराबरी गरेका थिए।
बराबरीतर्फ अघि बढिरहेको खेलको इन्जुरी टाइमको चौथो मिनेटमा फेलिक्स एनमेचाको पासमा उन्डाभले गोल गर्दै जर्मद्दीलाई लगातार दोस्रो जित दिलाएका हुन् । जारी विश्वकपमा सुबर सबको भुमिकामा देखिएका उन्डाभको यो तेस्रो हो । पहिलो खेलमा कुरासाओलाई ७-१ ले पराजित गर्दा उनले एक गोल गरेका थिए।
त्यसअघि कप्तान फ्रान्क कसीले ३०औं मिनेटमा गोल गर्दे आइभरी कोस्टलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर आइभरी कोस्टले उक्त अग्रता कायम राख्न सकेन।
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया