बुधबार, २७ अगस्ट २०२५

माल्दिभ्सका पूर्व राष्ट्रपति गयूमलाई पनि कोरोना संक्रमण

News Image
• • •

माल्दिभ्सका पूर्व राष्ट्रपति मेमून अब्दुल गयुम कोरोनाबाट संक्रमित भएका छन्। उनले आफै ट्वीट गरेर यसको जानकारी दिएका हुन्।

करिब ३० वर्ष माल्दिभ्सको राष्ट्रपति पदमा रहेका गयूम दक्षिण एसियाको सहयोग संगठन सार्कको अवधारणा नेपालले राख्दा यसलाई समर्थन गर्ने नेता हुन्। 

उनले आफ्ना नजिकका शुभचिन्तक र जनताहरूलाई संक्रमणबाट जोगिन आग्रह गरेका छन्। राजधानी मालेमा पछिल्लो समय संक्रमणको घटना बढेपछि स्वास्थ्य मन्त्रालय सक्रिय भएको छ। 

मन्त्रालयले अगस्टयता एक सय जना संक्रमित फेला परेको बताएको छ। माल्दिभ्समा हालसम्म ७ हजार बढी संक्रमित भइसकेका छन्। जसमा २८ जनाको निधन भएको छ।

बुधबार, भाद्र १०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)