
बिएल संवाददाता
जर्मनीले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नयाँ नियम लागु गरेको छ। जसअनुसार सन् २०२१ सम्म ठूलो मात्रामा उत्सव मनाउन, कन्सर्ट तथा खेल प्रतियोगिताको आयोजना गर्न रोक लगाइएको छ।
जर्मनीकी चान्सलर एञ्जेला मार्केलले यसको जानकारी दिँदै भनेकी छिन्, ‘सार्वजनिक स्थलमा मास्क लगाउन गरिएको अपीललाई कडाईंका साथ लागु गरिनेछ।’
उनले संक्रमणको संख्या न्युन भएको ठाउँमा नियममा केही फेरबदल हुन सक्ने बताएपनि कोरोनासँग लड्न तत्काल अन्य कुनै उपाय नभएको तर्फ संकेत गरेकी थिइन्।
जर्मनीमा पछिल्लो २४ घण्टामा १५ सय ७१ नयाँ संक्रमित फेला परेका थिए। अहिले यहाँ संक्रमितको संख्या ६४ हजार नाघेको छ। १२ सय २६ जनाको निधन भएको छ।
गत जुनसम्म जर्मनी कोरोनालाई नियन्त्रणमा राख्न सफल देशको सूचिमा थियो। अहिले दोस्रो चरणअन्तर्गत कोरोनाको प्रभाव बढ्न थालेपछि सरकारले नियम कानुनमा कडाईं गर्न लागेको हो।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया