‘तेश्रो लिङ्गी’ बने आयुष्मान

नायक आयुष्मान देशराज जोशीले तेश्रो लिङ्गी बनेकाे तस्वीर सार्वजनिक गरेका छन्। उनले यो चलचित्रका लागि न्यूड दृश्य दिएका छन्, जसलाई उनले सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।

आयुष्मान लेख्छन्–‘मेटामोफिर्कक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा हो । यो श्रृङ्खला डेनिश कलाकार लिली एल्बे र गेरडा वेगेनरको जीवनको नेपाली रुपान्तरण हो । जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमान्लाई महिला मोडलको रुपमा पोज दिनका लागि आग्रह गर्छिन्, यसपछि उक्त श्रीमान्मा लुकेको पहिचान बाहिर निस्कन खोज्छ । यो श्रृङ्खलाले एक तेश्रो लिङ्गी व्यक्तिको यात्रालाई प्रस्तुत गर्दछ ।’

आयुष्मानले यो श्रृङ्खला आफ्ना लागि विशेष भएको पनि उल्लेख गरेका छन् । ‘यो श्रृङ्खलामा मैले कहिले पनि कामको गरेकाे थिइन् । यहाँ पुरुष वा महिलाको नभएर, एक मानिसको संघर्षको कथा छ,’ आयुष्मानले लेखेका छन्।
 

प्रकाशित मिति: : 2020-09-02 13:32:40

प्रतिक्रिया दिनुहोस

सबै