
सुपरस्टार द रक जोनसनको परिवारलाई कोरोना भाइरस संक्रमण देखिएको छ। द रक, उनकी श्रीमती लाउरेन हासियन, ४ वर्षीया छोरी ज्यास्मिन र २ वर्षीया छोरी टियानामा कोरोना संक्रमण पुष्टि भएको हो।
रेस्लिङ एवं फिल्म स्टार द रकले इन्स्टाग्राममाए क भिडियोमार्फत् उक्त जानकारी दिएका हुन्। संक्रमण पुष्टि भएपछिको अवस्था साह्रै अप्ठ्यारो र चुनौतिपूर्ण भएको बताएका छन्।
उनले भनेका छन्,‘कोरोना भाइरसको संक्रमण हुनु भनेको घाउ चोट लाग्नु वा शरीरको कुनै हड्डी भाँचिनुभन्दा बिल्कुल फरक रहेछ।‘
उनले हाल आफ्नो परिवारको सुरक्षा नै आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। ‘दुई छोरीलाई सुरुवाती दिनहरूमा घाँटी खस्खसाएको थियाे। त्यसपछि परीक्षण गर्दा काेराेना रहेकाे थाहा भयाे। संक्रमण मलाई मात्र भइदिएको भए हुन्थ्यो। तर त्यसो भएन। धन्न हामी सबै स्वस्थ्य छौं,’ उनले भनेका छन्।
उनको दुई छोरीलाई सुरुवाती दिनहरूमा घाँटी खस्खसाएको बताए। उनीहरू चाँडै ठीक भएर खेलेको हेर्ने इच्छा समेत व्यक्त गरे।
साथै उनले सबैलाई सुरक्षा उपकरणहरूको उचित प्रयोग गर्न सुझाव दिएका छन्। आफूहरूले घरमा बस्दा समेत मास्क लगाएको उदाहरण दिएका छन्।
‘संसारभरका सबैलाई मेरो सन्देश– अनुशासनमा रहनुस्। आफ्नो रोग प्रतिरोधक क्षमता बढाउनुस्। स्वस्थ रहनुस्। मास्क लगाउनुस्। परिवारलाई सुरक्षा दिनुस्। भेटघाटको नाममा भिडभाड नगर्नुस्। सकारात्मक रहनुस्। सबैका लागि सोचिदिनुस्,’ इन्स्टाग्राममा लेखेका छन् ।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया