वीरगञ्जमा प्लाज्मा थेरापी गरिएको संक्रमितको ६ दिनपछि मृत्यु

वीरगञ्जमा प्लाजा थेरापी गरिएको पहिलो संक्रमितको मृत्यु भएको छ।नारायणी अस्पतालको आइसीयू कक्षमा उपचाररत सर्लाही, चकरघट्टा ३ सुन्दरपुरका ३५ वर्षिय संक्रमितको मृत्यु भएको हो।

आइतबार बिहान १० बजेर २ मिनेटमा उनको मृत्यु भएको हो। प्लाजमा थेरापीबाट सुधारोन्मुख रहेको अवस्थामा अचानक उनको मुटुको धडकन रोकिएर मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

ती संक्रमित १३ भदौ गते अस्पताल भर्ना भएर १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी डिआईसी स्टेजबाट फर्केका थिए। 

‘डिआइसी चरणबाट फर्केका ५ जना मात्र बाच्ने अध्ययनले देखाउँछ। उनलाई प्लाजमा थेरापी गरेपछि अवस्थ सुधारोन्मुख हुँदै गएको थियो। तर, आज उनको निधनले सम्पूर्ण चिकित्सक नै दुखी छौं,’ नारायणी अस्पतलाको एक चिकित्सकले भने।

डिआइसी चरण भनेको शरीरिको विभिन्न अंगबाट आन्तरिक रक्तश्राव हुनु हो। त्यस्ता विरामी बाच्दैनन्। तर, पनि प्लाजमा थेरापीबाट ती संक्रमितको ज्यान बचाउने चिकित्सकहरुको लक्ष्य थियो। अन्तत उनीहरु असफल भएका छन्।

प्लाज्मा थेरापीबारे अझै पनि थुप्रै अनुसन्धान हुनु पर्ने जरुरी छ। प्लाज्मा थेरापीबाट सबै संक्रमित निको हुन्छन् भन्ने विश्वास हटाउनु पर्नेमा नारायणी अस्पतालको चिकित्सकहरुको भनाई छ।

यसअघि पनि चितवनामा पनि एक संक्रमितको प्लाज्मा थेरापीबाट उपचार भइरहेको अवस्थामा मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2020-09-06 21:51:37

प्रतिकृया दिनुहोस्