बुधबार, २७ अगस्ट २०२५

नाकामा निरीह बन्यो प्रहरी, ‘मेरो मान्छे आउँदैछ छाडिदिनू’

सुजन पन्त

सुजन पन्त

काठमाडौं
News Image
• • •

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो क्रममा छ । सोमबारको अध्यावधिक विवरणअनुसार काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या १० हजार २८ पुगेको छ । यसैगरी भक्तपुरमा १ हजार ३२ र ललितपुरमा ११ सय ९० जनामा संक्रमण पुष्टि भएको छ। 

कोरोना संक्रमण तीव्र गतिमा फैलिएकै कारण उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न प्रशासनले निर्देशन दिएको छ । तर, राजधानी प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा त्यस्तो देखिँदैन । साधारण मानिस प्रवेशमा सकस भएपनि पहुँचवाला सानका साथ उपत्यका प्रवेश गरिरहेका छन् । न उनीहरुसँग कोरोना नेगेटिभ भएको रिपोर्ट हुन्छ न त कुनै पास नै । उनीहरु भनसुन र पहुँच प्रयोग गरेर उपत्यका प्रवेश गरिरहँदा निर्देशन पालना गराउन खटिएको प्रहरी भने निरीह भएको छ । अर्थात प्रहरीले चाहेर पनि उपत्यका प्रवेश गर्न चाहनेहरुलाई रोक्न सकेको छैन । 

सोमबार, भाद्र २९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)