मङ्गलबार, १२ अगस्ट २०२५

कोरोना अपडेटः संक्रमित १४७०, डिस्चार्ज १०६२ र मृत्यु ११

News Image
• • •

पछिल्लो २४ घण्टामा मुलुकमा थप १४७० जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेहरूको संख्या ५६७९९ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १०६२ जना निको भएर घर फर्किएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४०६३८ पुगेको छ। यो ७१.५ प्रतिशत हो।

हाल मुलुकमा १५७८९ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ८१३९ जना संस्थागत आइसोलेसनमा र ७४४० जना होम आइसोलेसनमा रहेका छन्। हाल क्वारेन्टिनमा ७२५० जना रहेका छन्।

पछिल्लो २४ घण्टामा १०३७५ वटा नमूना पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार हाल आइसोलेसनको आइसियुमा १७४ जना र भेन्टिलेटरमा २८ जना सिकिस्त बिरामीहरू रहेका छन्। 

मन्त्रालयका अनुसार मुलुकका ७ वटा जिल्लामा कोरोना संक्रमण शून्य रहेको छ।

सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा संक्रिय संक्रमितको संख्या शून्य छ।

यस्तै ७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ। मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर र रूपन्देहीमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ।

मंगलबार, भाद्र ३०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)