रविन्द्र घिमिरे
निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम हुन्छन् ।
तर, गत फागुनदेखि नेपालमा निर्माण क्षेत्र सुस्तायो । सात महिना प्रभावित भइसकेको निर्माण क्षेत्र कहिलेबाट जाग्छ भन्ने टुंगो छैन । गत आर्थिक वर्षमै निर्माण क्षेत्रले कूल राष्ट्रिय उत्पादन (जीडीपी)मा ऋणात्मक वृद्धिदर भोगेको स्वयम् व्यवसायीहरुको अनुमान छ ।
पर्यटन क्षेत्र थलिएकाले अर्थतन्त्र छिटो चलायमान गराउन निर्माण क्षेत्रलाई प्रभावकारी परिचालन गर्नुपर्ने विज्ञहरुको मत छ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री विकास निर्माणलाई गति दिदा बैंकमा थुप्रिएको तरलता बजारमा आउने र त्यसले आर्थिक वृद्धिमा सघाउने बताउँछन् ।
नेपालमा पुसदेखि असारसम्मको समयलाई निर्माणको मुख्य सिजन मानिन्छ । तर, गत चैतमा लकडाउन सुरु भएदेखि सबैजसो विकास आयोजना ठप्प बने । चार महिना काम ठप्प भएपछि गत आर्थिक वर्षमा सरकारले गर्ने विकास खर्च ५० प्रतिशतभन्दा तलै रह्यो ।
केही आयोजनामा आंशिक मात्र काम भइरहेको छ । सिंहदरबारभित्रै भइरहेका संसद भवन र काठमाडौंका अन्य सरकारी भवन निर्माणमा लक्ष्यको १० प्रतिशतदेखि २० प्रतिशत मात्र प्रगति हुने गरी साइट खुला गरिएका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया