बिएल संवाददाता
कियाका गाडी किन्नका लागि एनआईसी एसिया बैंकले ८.२५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।
यस सम्बन्धी सम्झौतापत्रमा एनआईसी एसिया बैंक र नेपालका लागि किया गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज बीच सम्झौता सम्पन्न भएको छ ।
बैंकका अनुसार सो ब्याजदर एक वर्ष सम्म परिवर्तन हुने छैन भने सेवा शुल्क दस्तुर ०.२५ प्रतिशत मात्रै लाग्ने छ । उपत्यका भित्रका ग्राहकले भने यस्तो सेवा शुल्क पनि तिर्नु पर्दैन ।
एनआईसी एसिया बैंकले प्रदान गर्ने चमत्कारिक कर्जा अन्तर्गतको सो कर्जा आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै प्राप्त हुनेछ । बैकले सवारी कर्जाअन्तर्गत अधिकतम २ करोड रुपैयाँसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने जनाएको छ ।
हाल नेपाली बजारमा कियाका सेल्टोस, स्पोर्टेज र निरो लगायका गाडीहरु बिक्री–वितरण भइरहेका छन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया