बिएल संवाददाता
म्यान्चेष्टर सिटीका फरवार्ड सर्जियो अग्युरो करिब दुई महिना मैदान बाहिर रहने भएका छन्।
चोटका कारण अग्युरो इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको दुई महिना मैदान बाहिर रहने पक्का भएको हो।
गत जुन २२ मा वर्नलीबिरुद्धको खेलमा घुँडामा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए।
३२ वर्षीय अग्युरो चोटग्रस्त भएयता १२ वटा खेल गुमाएका छन्। उनले गत सिजन प्रिमियर लिगका १० खेल र च्याम्पियन्स लिगका २ खेल गुमाएका थिए।
सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले अग्युरो नोभेम्बरको अन्तिमसम्म मैदान बाहिर रहने बताएका छन्।
‘उनी हामीसँग एक प्रशिक्षण सत्रमा समेत सहभागी भएका छैनन्। उनको चोट गम्भिर रहेको छ। उनी त्यो व्यक्ति हैनन्, जसले आफ्नो शारीरिक अवस्थालाई चाँडै निको गर्छन्। उनी लामो समयदेखि बाहिर छन्,’ प्रशिक्षक गार्डिवलाले भनेका छन्।
उनका अनुसार अग्युरोलाई सिटीमा ग्याब्रियल जिससले स्थानान्तरण गर्नेछन्। तर, सर्वाधिक गोलकर्ता रहेका अग्युरोको नहुँदा सिटीलाई उनको अभाव खड्किने छ।
उनले गत सिजन अन्तिम १२ खेलमा ५ गोल गरेका थिए। यता अग्युरोको स्थानमा खेल्ने जिससले गएको सिजनको अन्त्यसम्ममा १२ खेलमा पाँच गोल गरेका थिए।
यद्यपी सिटीसँग समर ट्रान्सफरमा अनुबन्धन गरिएका फेरान टोरेस समेत विकल्पको रुपमा उपलब्ध हुनेछन्।
सिटीले आउँदो सोमबार प्रिमियर लिगमा वुल्भ्ससँग खेल्दै प्रिमियर लिगको सुरुवात गर्दैछ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया