बिएल संवाददाता
नोवेल कोरोना भाइरस संक्रमण देखिएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला डिस्चार्ज भएका छन्।
१२ दिन पहिले अस्पताल भर्ना भएका उनी शनिबार डिस्चार्ज भएका हुन।
स्वास्थ्यमा क्रमिक सुधार आएसँगै चिकित्सकसँगको परामर्शमा डिस्चार्ज भएको उनले बताए। यद्यपि चिकित्सकको सल्लाह अनुसार अझै केही दिन होम आइसोलेसनमा बस्ने कोइरालाले जानकारी दिएका छन्।
महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।
कोइरालाको ११ औं दिनका दिन हिजो स्वाब संकलन गरिएको थियो। सात गते पुनः स्वाब परीक्षण गरिने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया