एजेन्सी
कोरोना महामारीको कहिले सकिने हो यसको कुनै टुंगो छैन । तर यो महामारीबाट बच्नको लागि भने अहिलेसम्म धैरै काम भैरहेका छन् । अमेरिका, बेलायत, भारत तथा रुस जस्ता देशहरुले भाइरससँग लड्न खोप बनाइरहेका छन् भने कतिले यसको विषयमा खोज अनुसन्धान गरिरहेका छन् ।
भर्खरै मात्र कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि दक्षिण कोरियाको एलजी कम्पनीले इलेक्ट्रोनिक मास्क ल्याएको छ । एलजीले ल्याएको यो पोर्टेबल एयर प्युरिफायर फेस मास्क हो ।
जसमा भाइरसबाट बच्न विभिन्न फिर्चसलाई समावेश गरिएको छ । इलेक्ट्रोनिक फेस मास्कमा विशेष सुविधा यो छ कि यसमा भएको फिल्टरको मदतले मानिसले श्वासप्रश्वासको क्रममा लिने हावालाई यसले शुद्धीकरण गर्ने काम गर्छ ।
यसको आकार भने पातलो छ । यसमा ब्याट्री अपरेट गरेर पंखा पनि राखिएको छ, जसले मास्क लगाए पनि सास फेर्न सजिलो बनाउँछ । यो मास्क सबैको अनुहारहरूमा सजिलै फिट हुने गरेर तयार गरिएको छ ।
यस्ता छन् यसका विशेषता
कम्पनीका अनुसार यो मास्कमा सेन्सरहरू जडान गरिएको छ । यसमा एयर प्युरिफायर रहेका छन् जसमा फिल्टरहरु छन् । यो मास्कमा दुई वटा फ्यानहरू पनि भएकाले सास लिनु भन्दा पहिला हावालाई फिल्टर गरेर शुद्ध बनाउने काम गर्छ भने अर्को सास फेर्नको लागि प्रशस्त हावा पनि उपलब्ध गराउँछ ।
एल.जी. कम्पनीले मानिसहरुको अनुहारको आकारको अनुसन्धान गरेर त्यसैअनुसार यसको डिजाइन गरेको बताएको छ । मास्क लगाएको बेला नाक र मुखबाट नसक्ने छिटाहरुलाई पनि यसले रोक्ने काम गर्छ ।
कम्पनीका अनुसार प्रयोगकर्ताहरुले यो मास्क घण्टौंसम्म लगाउँदा पनि केही नहुने र थकान पनि महसुस नहुने बताएको छ । यो मास्क लो मोडमा ८ घण्टा र हाई मोडमा २ घण्टासम्म प्रयोग गर्न सकिनेछ । यो मास्कलाई एपबाट पनि नियन्त्रण गर्न सकिने छ ।
यो प्रयोग गरिरहेको बेला बाहिरको अवस्थालाई हेरेर यसले एपको माध्यमबाट सूचना पनि दिने काम गर्छ । मास्कमा युभीएलइडी राखिएको हुँदा यसले खतरनाक जीवाणुहरू हटाउन र त्यसबाट बचाउन मदत गर्छ । यो मास्क इलेक्ट्रोनिक भएका कारण चार्ज गर्दै चलाउन सकिनेछ । एलजीले यसको मूल्यको बारेमा भने अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया