हिमाल खबर
राजकुमार दिक्पाल
एक दिन अन्वेषक मित्र वसन्त महर्जनसँग यो पंक्तिकारले इतिहासकार धनवज्र बज्राचार्यबारे थोरै जिज्ञासा मात्र के राखेको थियो, एकै वाक्यबाट पूरै उत्तर मिल्यो। ‘अरू त अरू धनवज्र बित्नुभएको यतिका वर्ष भइसक्यो, उहाँको निधनमा आजसम्म कसैले शोकसभासम्म गर्ने कष्ट उठाएनन् !’ वसन्तजीको जवाफ थियो।
इतिहासकार इमानसिंह चेम्जोङ (सन् १९०४–१९७५) का कृतिहरू पढेर इतिहास अध्ययनमा रुचि जागेको यो पंक्तिकारले खासगरी लिम्बू समुदायले चेम्जोङप्रति देखाएको श्रद्धाभाव र विभूतीकरणलाई प्रत्यक्ष रूपमा देख्न, भोग्न र थोरै लेख्न पनि भ्याएको छ।
हरेक वर्ष जनवरी १ मा काठमाडौं लगायत पूर्वी नेपालका विभिन्न ठाउँमा मात्र होइन, लिम्बूहरू पुगेका विदेशमा समेत चेम्जोङको जन्मजयन्ती भव्यतापूर्वक मनाइन्छ। ठाउँ–ठाउँमा उनका पूर्ण कद र अर्धकदका सालिकहरू प्रतिस्थापित हुनुले पनि मृत्युपर्यन्त उनले पाएको सम्मान निकै अनुकरणीय लाग्छ।
तर नेपालका अन्य इतिहासकारहरूले समुदायगत रूपमा यस्तो सम्मान पाउन सकेको देखिंदैन। यसको ज्वलन्त उदाहरण हुन्, धनवज्र बज्राचार्य। बज्राचार्यको हकमा उनको योगदानको स्वामित्व ग्रहण गर्नेहरूको अभाव देखिएको मात्र होइन, राज्य पनि मौन बसिदियो। सबैभन्दा विडम्बना त, उनको योगदानले ज्ञानको चक्षु उज्यालो बनाउनेहरूले पनि आँखा चिम्लिदिए।
परिणाममा धनवज्र आज विस्मृत पात्र बनेका छन्। यो नेपाली समाजको एउटा अँध्यारो पाटो हो।
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया