आइतबार, ०५ अप्रिल २०२६

राइड शेयरिङ कम्पनीले श्रम शोषण गरेको भन्दै ‘प्रो राइडर समूह’द्वारा आन्दोलनको घोषणा

News Image
• • •

राइड शेयरिङ कम्पनीले श्रम शोषण गरेको भन्दै ‘प्रो राइडर समूह, काठमाडौं’ले सेवा नै ठप्प पार्ने चेतावनी दिएको छ।

समूहले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्ना मागहरू पूरा नभए रूपमा राइड शेयरिङ सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो।

राइडर समूहले सम्बन्धित निकाय र कम्पनीहरूको बारम्बार ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएपछि आन्दोलनमै उत्रिनुपरेको बताएको छ।

समूले जारी गरेको विज्ञप्तिमा भाडादरमा एकरूपता कायम हुनुपर्ने माग गरिएको छ। नेपालभर सञ्चालनमा रहेका सबै राइड शेयरिङ एपमा प्रतिकिलोमिटर २७ रुपैयाँको समान भाडादर अनिवार्य रूपमा लागु गरिनुपर्ने उनीहरूको माग छ।

कम्पनीहरूले विभिन्न योजना, प्लान, बोनस वा गोल ट्रिप जस्ता नाममा ग्राहकलाई सुविधा दिने बहानामा राइडरहरूको भाडादर घटाउने/बढाउने गरेको, यस्ता योजनाका नाममा राइडरमाथि आर्थिक शोषण भइरहेको दाबी गर्दै र यस्तो कार्य तुरुन्त बन्द गर्नुपर्ने समूहको माग छ।

नेपालमा आधिकारिक रूपमा दर्ता नभई सञ्चालनमा रहेका राइड शेयरिङ कम्पनीहरूलाई तत्काल नियमनको दायरामा ल्याउनुपर्ने, विदेशी एपलाई स्पष्ट नियम-कानुनभित्र ल्याउनुपर्ने, नियम पालना नगरेमा सरकारकै मातहतमा नेपाली राइड शेयरिङ एप सञ्चालन गर्नुपर्ने र नेपालमै विकसित एपलाई प्रोत्साहन गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख छ।

आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने ‘प्रो राइडर समूह’का सदस्य नवराज बरालले जानकारी दिए।

यस्तो छ आन्दोलनको कार्यक्रम–

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!