बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्धाको सुनुवाइ आज हेर्दाहेर्दैमा राखिएको छ।
लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको हो।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा मुद्धाको पेशी परेको थियो।
यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको निर्णयसम्बन्धी कागजात झिकाउन आदेश दिएको थियो। महान्यायाधीवक्ता कार्यालयबाट काजजात प्राप्त भएपछि आजबाट सुनुवाइ सुरु भएको हो।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध विभिन्न अदालतमा विचाराधीन मुद्धाहरूबाट संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धा संशोधन गरी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय गर्न सम्बन्धित जिल्लाका सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएकी थिइन्।
महान्यायाधीवक्ताको निर्णयविरुद्ध नेपाली कांग्रेसनिकट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आफूलाई मुद्धालाल दाबी गर्ने सिन्धुलीका युवराज पौडेल सफल र कानूनका विद्यार्थी आयुष बडालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया