अन्नपूर्ण पोष्ट
गोरखा : दुई हप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीकी ५० वर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यु भयो । कुटपिट गर्ने पक्षले उनका परिवारलाई दुई लाख रुपैयाँ थमाए । घटना सामसुम भयो ।
चार घण्टा पर रहेको प्रहरी चौकी नाम्रुङले यत्तिका दिनसम्म घटनाबारे केही पत्तो पाएको छैन । जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय पनि यसबारे अनभिज्ञ छन् । गत असारमा यार्सागुम्बा संकलन गर्न गएका सोही गाउँका दुईजनामध्ये टसी दोर्जे फर्किएनन् । सँगै गएकाले टसी दोर्जेको परिवारलाई दुई लाख रुपैयाँ तिरे । सो घटना पनि सामसुम भयो ।
यी दुई त ताजा घटना हुन् । विगत १५ वर्षयता बिही गाउँमा आठ वटाभन्दा धेरै यस्ता घटना सामसुम भएका छन् । कतिपय घटनाका दोषी प्रष्ट भएर पनि गुपचुप बनाइएका छन्, कतिपय रहस्यको गर्भमै छन् ।
अपराध गर्नेको विपक्षमा बोल्न सक्ने हिम्मत गाउँमा कसैको नभएको स्थानीयवासीको दुःखेसो छ । ‘बोलौं भने हामीलाई पनि ज्यानको माया लाग्छ’, एक स्थानीय नाम नखुलाइदिन अनुरोध गर्दै भन्छन्, ‘अपराधी जरा गाढेर बसेको छ । दिनदहाडै हत्या गरेको देखेपछि को बोल्न सक्छ र ?’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया