बिएल संवाददाता
नेपाली कांग्रेस देउवा समूहको १५औं महाधिवेशनका संयोजक शशांक कोइरालाले राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्ने बताएका छन्।
कांग्रेस काठमाडौं जिल्ला प्रदेश तथा क्षेत्रीय अधिवेशनमा बोल्दै उनले राजनीतिमा सबैलाई मिलाएर अघि बढ्ने क्रममा आफ्नो विचार नै धमिलिन सक्ने भन्दै आफ्नो स्पष्ट नीति र दृष्टिकोण आवश्यक रहेको बताएका हुन्।
उनले राजनीतिमा सन्तुष्टिको अवस्था नरहने उल्लेख गर्दै आफूले लिएको बाटोप्रति विश्वास गर्न सक्ने व्यक्तिले मात्रै राजनीति गर्न सक्ने उनले बताए।
उनले भने, ‘आफूलाई लागेको विश्वासमा अटल र आफ्नो स्पष्ट नीति हुनुपर्छ। राजनीति भनेको यस्तो नीति हो, जसमा आफ्नो मस्तिष्कमा क्लियर हुनुपर्छ कि म यो गर्छु।’
उनले सत्यको पक्षमा उभिँदा त्यसको परिणामसमेत बेहोर्न तयार हुनुपर्ने बताए। उनले आफ्ना पिता बीपी कोइराला र मातृकाप्रसाद कोइरालासँग जोडिएको भारतको ‘क्विट इन्डिया मुभमेन्ट’को प्रसंग सुनाउँदै सत्य बोलेपछि त्यसको मूल्य चुकाउन सक्ने साहस पनि आवश्यक हुने बताए।
बीपी कोइरालाले महात्मा गान्धीको आह्वानअनुसार विद्यालय बहिष्कार गर्दा सजाय भोग्नुपरेको बताउदै उनले सत्य बोल्नु मात्रै पर्याप्त नभई त्यसका परिणाम सामना गर्न सक्नुपर्ने बताए।
कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन पार्टीलाई एकताबद्ध बनाउन महत्वपूर्ण अवसर भएको पनि बताए। आगामी निर्वाचनमा कांग्रेस एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरे।
कांग्रेसको लामो इतिहास, विचार र स्पष्ट नीतिका कारण पार्टी बलियो रहेको उनले बताए। कांग्रेसको नेतृत्वमा मुलुकमा सडक, शिक्षा, स्वास्थ्य, बैंकिङ तथा निजी क्षेत्रलगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण परिवर्तन भएको उनले बताए।
उनले कांग्रेसले सत्ताको दुरुपयोग गर्न नहुने स्पष्ट पार्दै राजनीतिमा आउने व्यक्तिले जनताको हितलाई केन्द्रमा राख्नुपर्ने बताए।
“कांग्रेसले सत्ताको दुरुपयोग गर्दैन, गर्नु हुँदैन र गर्दा पनि गर्दैन,‘ उनले भने।
राजनीति व्यक्तिगत स्वार्थका लागि नभई सत्य, नीति र जनताको हितका लागि हुनुपर्नेमा जोड दिँदै कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्तालाई पार्टीको विचार र सिद्धान्तप्रति प्रतिबद्ध भएर अघि बढ्न आग्रह गरे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया