शनिबार, १० अक्टोबर २०२६

चितवन पुगेर कुलमानले भनेः सरकारलाई काम गर्ने अवसर दिनुपर्छ

News Image
फाइल तस्बिर
• • •

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले केही सकारात्मक काम गरिरहेकाले सबैले सकारात्मक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

शनिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताए।

सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा बन्द स्वदेशी उद्योग सञ्चालनमा ल्याउने विषयमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिइएको उनले बताए।

घिसिङले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा गरेका प्रयास सकारात्मक भए पनि सबै काम कानुनबमोजिम हुनुपर्नेमा जोड दिए। उनले विगतमा देखिएको निराशा अन्त्य भएर आशा जाग्ने जनअपेक्षा हालसम्म पूरा हुन नसकेको टिप्पणी गरे।

घिसिङले उनेपाको सङ्गठन तथा सदस्यता विस्तारको काम देशभर व्यापक रूपमा अघि बढिरहेको जानकारी दिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!