आइतबार, १७ अगस्ट २०२५

धरानस्थित बीपी प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु

News Image
• • •

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको धरान–३ का ६४ वर्षीय पुरुष रहेका छन् । उनको मंगलबार बिहान ४ः२० मा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

१२ असोजमा कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको प्रतिष्ठानमा उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि कोभिड अस्पतालमा भर्ना गरेर उपचार भइरहेकोमा उनको मृत्यु भएको हो । 

उनी डायबिटिज र टिबी रोगबाटसमेत पीडित भएको प्रतिष्ठानले जनाएको छ ।

मंगलबार, आश्विन २०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)