बुधबार, २० अगस्ट २०२५

चीनले १२ सय वर्गकिलोमिटर जमिन हडप्यो, मोदीले केही गर्न सकेनन् : राहुल गान्धी

एजेन्सी

एजेन्सी

हरियाणा
News Image
• • •

भारतीय विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले चीनद्वारा भारतको १२ सय वर्ग किलोमिटर क्षेत्रफल कब्जा हुँदा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले केही गर्न नसकेको बताएका छन्। 

हरियाणामा किसानहरुको सभालाई सम्बोधन गर्दै गान्धीले यस्तो हुँदा पनि भारतको जमिन कसैले नलिएको भन्दै मोदीले जिकिर गरिरहेको उल्लेख गरे। 

बिबिसीका अनुसार चिनियाँ सेना भारतमा छिरेर १२ सय वर्गकिलोमिटर क्षेत्रफल कब्जामा लिएको घटना सत्य भएको दाबी गरेका छन्।

कांग्रेसको सरकार भएको भए १५ मिनेटमै चीनलाई पछि हटाएर आफ्नो जमिन फिर्ता लिन सक्ने पनि उनले दावी गरे।

बिहिबार, आश्विन २२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)