‘रिपब्लिक टिभी’ र ‘टाइम्स नाउ’ विरुद्ध बलिउड हस्तीको मुद्दा

एजेन्सी

मुम्बई
तस्बिरः एजेन्सी
तस्बिरः एजेन्सी

बलिउडका केही चर्चित हस्तीले सुशांत सिंह राजपूतको आत्महत्याको विषयलाई लिएर गैरजिम्मेदार रिपोर्टिङ गरेको भन्दै केही सञ्चारगृहविरूद्ध मुद्दा दायर गरेका छन् । 

दिल्ली उच्च अदालतमा मुद्दा दायर गर्नेमा फिल्म उद्योगको प्रतिनिधित्व गर्ने चार संगठन और ३४ जना निर्माता रहेका छन् । 

मुद्दामा रिपब्लिक टिभी, अर्णव गोस्वामी, रिपब्लिक टिभीका प्रदीप भण्डारी, टाइम्स नाउ, राहुल शिवशंकर र नविका कुमारलाई विपक्षी बनाइएको छ । 

उनीहरुले बलिउड र बलिउडका कलाकारविरुद्ध हुने अपमानजनक और गैर ज़िम्मेदार टिकाटिप्पणी रोक्नका लागि मु्द्दा हाल्नुपरेको उल्लेख गरेका छन् । 

मुद्दामा बलिउडमा काम गर्ने व्यक्ति र उनीहरुको गोपनियताको अधिकारमा दखल नदिन र मिडिया ट्रायलमा रोक लगाउन माम गरिएको छ । उनीहरुले बलिउडमाथि प्रयोग भएका आपत्तिजनक कुराहरु फिर्ता लिन माग समेत उनीहरुले गरेका छन् ।

निवेदनमा टेलिभिजन च्यानलका साथै सामाजिक सञ्जालमा बलिउडका बारेमा अपमानजनक सामाग्रीको प्रकाशनमा रोक लगाउन माग गरिएको छ । 

प्रकाशित मिति: : 2020-10-13 10:23:00

प्रतिकृया दिनुहोस्