चर्चित रेस्लर जोन सेनाको ४३ वर्षमा दाेस्राे बिहे

चर्चित रेस्लर तथा अभिनेता जोन सेना ४३ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएका छन्। 

लामो समयदेखि प्रेमिका रहेकी से सारियाजादेहसँग उनले सोमबार फ्लोरिडामा विवाह गरेको अमेरिकी मिडियाले बताएको छ। 

सन् २०१९ को मार्चदेखि उनीहरू सँगै बस्दै आएका थिए। सेनाले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।

३० वर्षीय सारियाजादेहले आफ्नो पुरानो तस्वीर सार्वजनिक गरेकी छिन्। 

डब्लुडब्लुईका पूर्व स्टार सेनाले एउटा अन्तर्वार्तामा ‘प्लेइङ विथ फायर’ फिल्मको सुटिङका क्रममा सारियाजादेहसँग भेट भएको बताएका छन्।

पूर्व प्रेमिका निकी बेलासँग २०१८ मा सम्बन्ध बिग्रिएपछि सेनाको जीवनमा सारियाजादेह आएकी थिइन्।

गत मार्चमा यो जोडी क्यानडाको भ्यानकोभरमा हात समातेर हिँडिरहेको बेला क्यामरामा कैद भएका थिए। 

सेना र बेलाले बिहेको कुरा छिनेको केही सातामै छुट्टिने निर्णय गरेका थिए।

प्रकाशित मिति: : 2020-10-15 14:47:00

प्रतिकृया दिनुहोस्