आइतबार, ०३ अगस्ट २०२५

रेमडेसिभिर औषधि आयात गर्न एक भारतीयसहित तीन कम्पनीलाई अनुमति

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सरकारले कोर्रोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने रेमडेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार  एक भारतीयसहित तीन कम्पनीलाई अनुमति दिइएको हो।

नेपालका दुई कम्पनी यति फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि ललितपुर, सिनर्जी ओभरसिज प्रालि काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई अनुमति दिइएको उनले जानकारी दिए।

कोरोना संक्रमितको उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएको सन्र्दभमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेमडेसिभिर नामक औाषधि प्रयोगमा ल्याएको छ।

यो औषधि संक्रमितको उपचार गर्ने अस्पतालहरुले बिरामीका लागि प्रयोग गर्न आवश्यक परेमा चिकित्सकको सिफारिसमा चलाउन सक्छन्।


 

शुक्रबार, आश्विन ३०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)