एजेन्सी
चीनका चर्चित व्यवसायी ज्याक मा ले विश्वको सबैभन्दा ठूलो आइपीओ (इनिसियल पब्लिक अफर) जारी गर्ने भएका छन्।
ज्याक माको कम्पनी अलिबाबासँग आवद्ध एन्ट समूहले ३५ अर्ब डलरको आइपीओ बजारमा उतार्न लागेको हो।
एन्ट समूहको यो आइपीओ हङकङ र संघाई स्टक एक्सचेन्जमा समावेश हुनेछ। यसमा बार्कलेज, आइसीबीसी, इन्टरनेसनल र बैक अफ चाईना इन्टरनेसनलको पनि लगानी हुनेछ।
हङकङमा सीआईसीसी, सिटी ग्रुप, जेपी मोर्गन र मोर्गन स्टेनलीले यसलाई प्रायोजन गर्ने बताइएको छ। यस्तै संघाईमा सीआईसीसी र चाइना सेक्योरिटीजले प्रयोजन गर्नेछन्।
आइपीओले सर्वसाधारणलाई स्टक र शेयर जारी गर्ने गर्छ। त्यसैले यसलाई सार्वजनिक प्रस्ताव अर्थात इनिसियल पब्लिक अफर पनि भन्ने गरिन्छ। यसपछि मात्र लिमिटेड कम्पनीलाई सेयर बजारमा शुचीकृत गर्ने गरिन्छ।
ज्याक माको अलिबाब कम्पनीसँग आवद्ध एन्ट समूह विश्वमा आफ्नो कम्पनीको मूल्य २ सय ५० अर्बसम्म बढाउन चाहन्छ। भारतको तुलना गर्दा यो कम्पनी धेरै माथि मानिन्छ।
भारतमा रिलायन्स उद्योगले यही वर्षको जुनमा १५० अर्ब डलरको मार्केट क्यापिटल बनाएको थियो। यस्तै साउदी अरेबियाको साउदी अरामको हालको मार्केट क्यापिटल २९ दशमलव ४ अर्ब डलर छ।
अमेरिकासँगको व्यवसायीक विवादका कारण यो न्युयोर्कमा सूचीकृत हुनेछैन। अलिबाबाले २०१४ मा न्युयोर्क स्टक एक्सचेन्जमा आफ्नो स्टक बिक्रि गरेर २५ अर्ब डलर जम्मा गरेको थियो।
विदेशी समाचारका अनुसार एन्ट समूहले डुअल लिस्टिङमार्फत ३५ अर्ब डलर जम्मा गर्ने योजना छ।
विश्वको सबैभन्दा ठूलो इ–कमर्स अलिबाबाको जारी ज्याक माले सन् १९९९ मा गरेका थिए। अहिले उनी विश्वको धनी व्यक्तिमा पर्छन।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया