डा. सिंह र जनस्वास्थ्य निरीक्षक ठाकुर सम्मानित

प्रदेश जनस्वास्थ्यको प्रथम वार्षिकोत्सवको अवसरमा वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा.उदय नारायण सिंह तथा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुर सम्मानित भएका छन् ।

प्रदेश २ का समाजिक बिकाश राज्यमन्त्रि अभिराम शर्माले कोरोनाको संक्रमणकालमा अंग्रपक्तिमा रहेर निरन्तर सेवा प्रवाह गरेकोमा शनिबार कोभिड अस्पतालका संयोजक डा. सिंह तथा जनस्वास्थ्य निरिक्षक ठाकुरलाई सम्मानित गरेका थिए ।  

प्रदेशको अस्थायि राजधानी जनकपुरधाममा आयोजित कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्रि लालबाबु राउतले कोरोनाको संक्रमणकालमा अंग्रपक्तिमा खट्ने सम्पुर्ण प्रदेशवासीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै प्रदेश सरकार यस तर्फ गम्भिरता पुर्वक लागी परेको बताए ।  

‘कारोनाको संकटकालमा खट्ने हरेक स्वास्थ्यकर्मीलाई स्थायी गरी उनको व्यवस्थापन गर्नेतर्फ प्रदेश सरकारको अबको निति रहेको छ , ‘उनले भने ‘ आउदो दिनमा प्रदेश सरकारले यस तर्फ उच्च मुल्याङ्कन गर्नेछ ।’

समाजिक विकास मन्त्रालय अन्तर्गत भएको सो कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्रि राउतले जनताको आवश्यक्तालाइ विशेष ख्याल गरि स्वास्थ्यको क्षेत्रमा काम गर्नुपर्ने अहिलेको आवश्क्ता रहेको कुरामा जोड दिए । 

उनले फोटो खिच्ने तथा अनावश्यक भाषण गर्ने कार्यक्रमको आयोजना गर्नु भन्दा पनि जनताका लागी चाहिने हेल्थ पोष्ट बनाउने देखी सुरक्षाका लागी प्रहरी चौकि बनाउने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । 

‘सहि समयमा सुधारको प्रयास गरेनौ भने भाषण गरेर बेरोजगारी जादैन,‘उनले भने ‘ यसको लागी देखावा गर्ने कार्यक्रममा सुधारको आवश्यक्ता छ ।’

शिक्षा स्वास्थ्य गरिवि निवारणका लागि उचित प्रवन्ध गर्न जरुरी रहेको मुख्य मन्त्रि राउतले बताए । उनले यसका लागी सोहि अनुरुप सहि संरचना तथा ऐन कानुन निर्माण गने तफ जोड दिए । 

कार्यक्रममा प्रदेश २ का ८ वटै जिल्लाबाट कोभिड १९ को संक्रमणकालमा अग्रपक्तिमा खटिएका ४० जना चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मानित भएका थिए ।

प्रकाशित मिति: : 2020-10-18 12:15:00

प्रतिकृया दिनुहोस्