
बिएल संवाददाता
नेकपा (एमाले)को युवा दस्ता राष्ट्रिय युवा संघ नेपालकी निलम्बित केन्द्रीय सदस्य युवान्तिका कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या गर्ने काम भएको बताएकी छन्।
गत शुक्रबार उनलाई संगठनले कारबाही गरेको थियो। कारबाहीपछि उनले आफूलाई कारबाही गर्न धेरै समयदेखि प्रयास भएपनि विद्या भण्डारीको पत्रकार सम्मेलनबाट फर्केपछि कारबाहीको पत्र आएको बताइन्।
‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका ९ बजे कारबाहीको पत्र आयो। त्यो पत्रभन्दा अगाडि मैंले स्पष्टिकरण दिइसकेको थिएँ। कारबाही गर्न खोजेको चाहीँ धेरै समय भइसक्यो। मेरो नागरिकताको विषय निकालेर पनि मेरो चरित्रहत्या गर्न खोजेकै हो,’ उनले भनिन्।
उनी युवा संघको १०औं राष्ट्रिय महाधिवेशन पोखराबाट खुला महिला सचिवालयमा सुमन पुरीको टिमबाट विजयी भएकी थिइन्। पुरीको टिमबाट विजयी भएकै कारण आफूमाथि अनेक षड्यन्त्र भइरहेको उनको भनाइ छ।
उनले आफूमाथि विभिन्न आर्थिक चलखेलको आरोपसमेत लगाइएको बताउँदै यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिइन्।
‘उहाँहरूले मेरो चरित्र हत्या गर्नका लागि यो विषयलाई तोडमोड गरेर आर्थिक चलखेल गर्यो भन्ने कुरासँग जोडेर उहाँहरुले धेरै प्रपोगाण्डा अपनाउनु भएको छ। मैंले उहाँहरुलाई यो सम्म भनेको छु कि मेरो खातामा यदि कसैको थ्रुबाट पैसा आएको या मलाई कागज गरेर कसैले कुनै पैसा दिएको उहाँहरूले प्रमाण पुर्याइदिनुपर्यो,’ उनले भनिन्।
उनले षड्यन्त्र गरेर आफ्नो राजनीतिक करियर सिध्याउने प्रयास गरिएको दाबी गरिन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया