बिएल संवाददाता
नेकपा (एमाले)को युवा दस्ता राष्ट्रिय युवा संघ नेपालकी निलम्बित केन्द्रीय सदस्य युवान्तिका कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या गर्ने काम भएको बताएकी छन्।
गत शुक्रबार उनलाई संगठनले कारबाही गरेको थियो। कारबाहीपछि उनले आफूलाई कारबाही गर्न धेरै समयदेखि प्रयास भएपनि विद्या भण्डारीको पत्रकार सम्मेलनबाट फर्केपछि कारबाहीको पत्र आएको बताइन्।
‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका ९ बजे कारबाहीको पत्र आयो। त्यो पत्रभन्दा अगाडि मैंले स्पष्टिकरण दिइसकेको थिएँ। कारबाही गर्न खोजेको चाहीँ धेरै समय भइसक्यो। मेरो नागरिकताको विषय निकालेर पनि मेरो चरित्रहत्या गर्न खोजेकै हो,’ उनले भनिन्।
उनी युवा संघको १०औं राष्ट्रिय महाधिवेशन पोखराबाट खुला महिला सचिवालयमा सुमन पुरीको टिमबाट विजयी भएकी थिइन्। पुरीको टिमबाट विजयी भएकै कारण आफूमाथि अनेक षड्यन्त्र भइरहेको उनको भनाइ छ।
उनले आफूमाथि विभिन्न आर्थिक चलखेलको आरोपसमेत लगाइएको बताउँदै यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिइन्।
‘उहाँहरूले मेरो चरित्र हत्या गर्नका लागि यो विषयलाई तोडमोड गरेर आर्थिक चलखेल गर्यो भन्ने कुरासँग जोडेर उहाँहरुले धेरै प्रपोगाण्डा अपनाउनु भएको छ। मैंले उहाँहरुलाई यो सम्म भनेको छु कि मेरो खातामा यदि कसैको थ्रुबाट पैसा आएको या मलाई कागज गरेर कसैले कुनै पैसा दिएको उहाँहरूले प्रमाण पुर्याइदिनुपर्यो,’ उनले भनिन्।
उनले षड्यन्त्र गरेर आफ्नो राजनीतिक करियर सिध्याउने प्रयास गरिएको दाबी गरिन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया