मङ्गलबार, २३ सेप्टेम्बर २०२५

फुलह्यमले सेफिल्डसँग अंक बाढ्याे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार साँझ भएकाे खेलमा फुलह्यामले सेफिल्ड युनाइटेडसँग अंक बाडेका छन्।

सेफिल्डको मैदानमा भएकाे खेलमा फुलह्यमले १-१ गोलको बराबरी खेल्दै अंक बाडेकाे हाे।

५७ औं मिनेटमा फुलह्यमका एलेक्जेन्डर मिट्रोभिचले पेनाल्टीमा गोल गर्न चुकेका थिए। उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।

यसपछि ७७ औं मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै फुलह्यमलाई अग्रता दिलाए।

तर, खेलको ८५ औं मिनेटमा सेफिल्डले पेनाल्टी पायाे। फुलह्यमका मिट्रोभिचले ज्याक रोबिनसनलाई फउल गरेपछि सेफिल्डले पेनाल्टी पाएको हो। 

जसलाई बिलि शार्पले गोल परिणत गर्दै सेफिल्डलाई हारबाट जोगाए।

सेफिल्ड ५ खेलमा १ अंक जोडेर १७ औं स्थानमा रहदा समान खेलबाट समान अंक सहित फुलह्यम १९ औं स्थानमा रहेका छन्।

आइतबार, कार्तिक ०२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)