सन्ताेष बराइली
काठमाडौंमा कांग्रेस महामन्त्री सशाङ्क कोइरालाले पत्रकारलाई दशैँ खर्च भनेर १५ हजार रुपैयाँ बाडेको चर्चा चलिरहेको बेला सिरहामा भने कांग्रेस नेतृ चित्रलेखा यादवका भाइले पत्रकारलाई सवारीचालक लेखिएको हरियो ज्याकेट र २५ सय रुपैयाँ वितरण गरेका छन्।
सिरहाको नवराजपुर गाउँपालिका अध्यक्ष रहेका चित्रलेखाका भाइ विश्वमोहन यादवले पत्रकारहरूलाई गाउँपालिकाका तर्फबाट सवारीचालक लेखिएको हाफ ज्याकेट वितरण गरेका हुन्।
गाउँपालिका अध्यक्ष विश्वमोहन यादवले दशैंको अवसरमा सिरहामा सक्रिय पत्रकारलाई गाउँपालिकाले ज्याकेट वितरण गरेको नवराजपुर बताए।
’भुलबस ज्याकेटमा सबारी चालक प्रिन्ट हुन गएछ,’ अध्यक्ष यादवले भने, ‘ज्याकेट सँगै पत्रकार मित्रहरूलाई २५ सय रूपैयाँको दरले दशैं खर्च पनि वितरण गरेँ।’
गाउँपालिका अध्यक्ष यादव कांग्रेस नेतृ चित्रलेखा यादवले सहोदर भाइ हुन्। गाउँपालिकामा भ्रष्टाचार गरेको भन्दै अध्यक्ष यादवविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा तीन दर्जनभन्दा बढी उजुरी परेको छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया