बिएल संवाददाता
नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहले लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएल खेल सञ्चालन गर्न कठिन भएको बताएका छन्।
बिहानदेखि नै मैदानमा पानीको निकास व्यवस्थापनका लागि प्रयास भइरहे पनि बाहिरबाट ठूलो मात्रामा पानी मैदानभित्र प्रवेश गरेपछि समस्या थपिएको उनले बताए। निर्माण कार्यका क्रममा ड्रेनेज अवरुद्ध हुँदा पानी निकासमा समेत कठिनाइ भएको उनले बताए।
उनले भने, ‘बाहिरबाट ठूलो मात्रामा पानी मैदानभित्र प्रवेश गरेपछि समस्या भएको हो। निर्माण कार्यका क्रममा ड्रेनेजसमेत अवरुद्ध हुँदा पानी निकासमा कठिनाइ भएको छ। बिहानैदेखि पानी निकासका लागि आवश्यक प्रयास गरिरहेका छौं। तर लगातारको वर्षाका कारण मैदानलाई खेल्न योग्य बनाउन चुनौती भइरहेको छ।’
पानीको निकास सहज बनाउन जेसीभी प्रयोग गरी तीन नम्बर गेटतर्फको अवरोध हटाइएको र मैदानभित्र जमेको पानी बाहिर निकाल्न खाल्डो खनेर निकासको व्यवस्था गरिएको सिंहले जानकारी दिए। त्यसैगरी, पाँचदेखि छवटा मोटर प्रयोग गरेर मैदानमा जमेको पानी बाहिर फाल्ने तयारी गरिएको छ।
उनका अनुसार मुलपानी र अन्य स्थानबाट समेत आवश्यक उपकरण तथा सुपर सोपर मगाइएको छ। तर, मैदानको बनावट र बाहिरबाट निरन्तर पानी आइरहेकाले मैदान सुकाउन चुनौती रहेको उनको भनाइ छ।
‘आजको खेल सञ्चालन गर्न निकै गाह्रो छ। सम्भावना पनि न्यून छ,’ उनले भने, ‘मौसम सफा भएर पाँचदेखि सात घण्टासम्म समय पाए भोलिको खेलका लागि मैदान तयार पार्ने प्रयास गर्न सकिन्छ।’
सिंहले आज दिनभरि र रातिसम्म वर्षा भइरहे भोलिको खेल सञ्चालनमा समेत समस्या हुन सक्ने बताए। मैदानमा पानी निकाल्ने उपकरण प्रयोग गरे पनि बाहिरबाट पानी आइरहे अवस्था सहज नहुने उनको भनाइ छ।
उनले खेल रद्द भएपछि टिकटको रकम फिर्ता गर्नुपर्ने भन्दै समर्थकहरूले उठाएको विषयमा पनि प्रतिक्रिया दिएका छन्।
खेल हेर्न नपाएका दर्शकको माग जायज रहेको उल्लेख गर्दै उनले टिकटसम्बन्धी विषयमा आयोजकले आवश्यक निर्णय लिनुपर्ने र छलफल हुने बताए।
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग कात्तिक ९ गतेदेखि सुरु भएको छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया