बिएल संवाददाता
बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ।
झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना युवक घाइते भएका छन्। घाइते हुनेमा अन्दाजी १७ वर्षका अजित पासवान छन्। उनको पेटमा गोली लागेको बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खडानन्द अधिकारीले बताए। उनको उपचार भइरहेको छ।
नगर उद्घाटनका विषयमा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र पूर्व अध्यक्ष अमिरीलाल प्रसाद (कलवार)बीचको विवादले स्थिति अनियन्त्रित बनेको हो।
पूर्वअध्यक्षले अस्पतालमा आवश्यक सेवा–सुविधा, जनशक्ति र स्रोतसाधनको व्यवस्था नै नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले उद्घाटन नगर्न चेतावनी दिँदै आएका थिए।
उनले उद्घाटन रोक्न सीडीओ कार्यालय पुगेर अनुसन्धान पनि गरेका थिए। तर, आज अस्पताल उद्घाटन गर्ने तयारी गरेपछि स्थानीयसहित पूर्वअध्यक्षको टोलीले प्रदर्शन गरेको थियो।
त्यसक्रममा प्रहरीसँग झडप भएको हो। प्रहरीको गोली लागेर बालक घाइते भएपछि स्थिति तनावग्रस्त भएको हो। त्यसक्रममा प्रदर्शनकारीहरूले दर्जनौं मोटरसाइकलमा आगजनी गरेका छन्।
प्रहरी र कर्मचारीहरू अस्पतालभित्र थुनिएका थिए। उनीहरूको उद्धार भइसकेको छ। यतिबेला कर्फ्यु लगाउने विषयमा छलफल भइरहेको सीडीओ अधिकारीले बताए।
अस्पताल उद्घाटनका लागि रास्वपा सांसद समीक्षा बास्कोटा फेटा पुगेकी थिइन्।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया