हरेक दशैंमा गुन्जिने गीतको अन्तर्कथा : यसरी तयार भएथ्यो बन्दुक बोक्नेको पीडाको भाका

पहिलोपोष्ट

काठमाडौँ
तस्बिर : पहिलोपोष्ट

स्वेच्छा राउत

माओवादी द्वन्द्व उत्कर्षमा थियो। २०५८ सालमा सशस्त्र प्रहरी बलको गठन भएपछि जागिरको धुनमा रहेका धेरै युवाको ध्यान खिचियो। र, भर्ती भए, माओवादीविरुद्ध लड्न। यसरी सशस्त्रमा छिर्नेमध्येका एक हुन् धापासीका कपिन्द्र थापा। उनको दरबन्दी पर्यो सशस्त्र प्रहरी बलको श्रव्यदृष्य शाखामा।

'बन्दुक बोक्न आएको थिएँ क्यामेरा बोक्नेमा परेँ। प्रविधिमा रुचि भएकाले सक्दिन भन्ने लागेन। जिम्मेवारी पूरा गर्नका लागि काम गर्दै सिक्छु भन्ने सोचेँ,' हाल सशस्त्र प्रहरी नायव निरीक्षक रहेका थापाले सुनाए।

त्यही क्यामरा बोक्दाबोक्दै उनलाई पर्दा पछाडिमात्र होइन, अगाडि पनि देखिने रहर पलायो। दशैँको चर्चित गीत धानको बाला झुलाउँला… मा उनी पनि फिचर्ड भए बाँसुरीवादकका रुपमा।

'सधैं पछाडि बसेर यो मिलेन त्यसरी भएन भन्नुपर्ने। आफू त कुनै फ्रेममा नअट्ने। रहर नै बन्थ्यो भिडियोमा देखिनु,' पुरानो कुरा हाँस्दै सुनाउँछन् कपिन्द्र।

यही गीतबाट उनको रहर पूरा भयो। रौसिँदै भन्छन्, 'फौजीले नाच्ने भनेकै कि बन्दुक उठाएर घुम्ने हो कि बस्ने र उठ्ने हो। नआउने काम गर्नुभन्दा बाँसुरी बजाउने सिनमा आफूलाई रोजेँ।'

२०६२ सालयता दशैँमा यो गीत सधैं बज्दै आएको छ। म्युजिक भिडियो कपिन्द्रले नै खिचेका हुन्। गीत चर्चामा आउनु र आजसम्म दर्शकले रुचाउनु चाहिँ आश्चर्यजनक लाग्छ उनलाई। किनकि गीत योजनावद्ध थिएन। टिभी कार्यक्रम अन्तर्गत प्रसारण हुने टेलिश्रृङ्खलाको अंशमात्र थियो, त्यो।

प्रकाशित मिति: : 2020-10-24 14:54:00

प्रतिकृया दिनुहोस्