बिएल संवाददाता
नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सरकार निर्माणको वर्ष दिनको मुल्याङ्कन गर्दा सोचेजस्तो काम हुन नसकेको बताएका छन्।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाध्यात्मक परिस्थितिमा निर्माण भएको सरकार भएकाले वर्ष दिनको मुल्याङ्कन गर्दा सोचेजस्तो काम हुन सकेको बताए।
उनले कसैको बहुमत नभएकाले वर्तमान सरकारको विकल्प अर्को हुन नसक्ने दाबी समेत गरे।
उनले भने, ‘कसैको बहुमत छैन। पहिले प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला छाडेपछि एउटा परिस्थितिमा निर्माण भएको सरकार हो। वर्ष दिन भयो, वर्ष दिनको मुल्याङ्कन गर्दाखेरी सोचेजस्तो काम हुन सकेको छैन। अपेक्षा गरे बमोजिम काम हुन सकेको छैन। तर सरकार निरन्तर जान्छ। यो सरकारको विकल्पको सरकार बन्ने अवस्था छैन।’
उनले पार्टीको महाधिवेशन ०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने समेत जानकारी गराए।
त्यस्तै उनले संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको बताए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया