बिएल संवाददाता
नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सरकार निर्माणको वर्ष दिनको मुल्याङ्कन गर्दा सोचेजस्तो काम हुन नसकेको बताएका छन्।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाध्यात्मक परिस्थितिमा निर्माण भएको सरकार भएकाले वर्ष दिनको मुल्याङ्कन गर्दा सोचेजस्तो काम हुन सकेको बताए।
उनले कसैको बहुमत नभएकाले वर्तमान सरकारको विकल्प अर्को हुन नसक्ने दाबी समेत गरे।
उनले भने, ‘कसैको बहुमत छैन। पहिले प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला छाडेपछि एउटा परिस्थितिमा निर्माण भएको सरकार हो। वर्ष दिन भयो, वर्ष दिनको मुल्याङ्कन गर्दाखेरी सोचेजस्तो काम हुन सकेको छैन। अपेक्षा गरे बमोजिम काम हुन सकेको छैन। तर सरकार निरन्तर जान्छ। यो सरकारको विकल्पको सरकार बन्ने अवस्था छैन।’
उनले पार्टीको महाधिवेशन ०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने समेत जानकारी गराए।
त्यस्तै उनले संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया