
बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै पार्टीको नियमित कामबाट अलग हुने निर्णय गरेकी छन्।
रञ्जिताले शनिबार पोखरा महानगरपालिका-६ कास्कीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन्।
साउन १० गते एक पत्र लेख्दै नेता बास्तोलालाई रञ्जिताले कार्यवाहकको जिम्मेवारी दिएकी हुन्।
उनले भनेकी छन्, ‘हाम्रो नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा (९) बमोजिम, तपाईं यस पार्टीको वरिष्ठ नेता शिव वास्तोलालाई मेरो अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नका लागि यो पत्र मार्फत तोकिएको छ।’
रञ्जिताले आफूले अस्वस्थताको कारण पार्टीको गतिविधिहरूमा पूर्ण रुपमा सक्रिय हुन असमर्थ रहेको भनेकी छन्।
उनी भन्छिन्, ‘मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य संचालन र महत्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ।’
रञ्जिताले आफ्नो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म बास्तोला नै कार्यवाहक अध्यक्षको जिम्मेवारीमा निरन्तर रहने घोषणा गरेकी छन्।
नाउपाका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेपछि उनको यो निर्णय आएको हो।
पूर्वमन्त्री राजकुमार गुप्तासँग घुस डिल गर्दै गरेको अडियो प्रकरणमा मुछिएकी रञ्जितालाई नेतृत्वबाट अलग हुन् पार्टीभित्रैबाट दवाब बढिरहेको छ। संरक्षक रेशम चौधरीले पनि रञ्जितालाई जिम्मेवारीबाट अलग हुन भनिसकेका छन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया