थारु समुदायको दसैं : सख्या, बर्कामार अनि सेतो टीका

तस्बिर : आयोमेल

सन्ताेष दहित

कोरोना संक्रमणकै कहरबीच आएको यसपालिको दसैंमा उत्साह र उमंग भन्दा पनि त्रास छ। तथापि पुर्खाैंदेखिको परम्परा धान्नु पनि पर्नेछ। 

हिन्दु नेपाली समुदायको ठूलो पर्व हो दसैं। तर, थारु समुदायमा भने अलि फरक तरिकाले दसैं मनाइन्छ। 

लुम्वनी प्रदेशको दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा सामुहिक रुपमा दसैंमा सख्या, पैया नाच नाच्ने संस्कृति छ। 

मौलिक कला, संस्कृतिले भरिपूर्ण रहेको थारु समुदाय कला, संस्कृतिमा नेपालको धनी समुदाय हो, थारु। 

आर्थिक, सामाजिक तथा राजनीतिक हिसावले पछाडी पारिएका नेपालका भुमिपुत्र थारु समुदाय आफ्नै मौलिक भेषभुषा, कला, संस्कृतिमा रमाउने थारु समुदायको जीवनशैली पनि अत्यन्त रोचक र फरक छ। 

अन्तराष्ट्रिय स्तरमा समेत स्वभाव, सरल, इमान्दार एवम् मेहनतिको रुपमा चिनिने थारु समुदायको प्रकृतिसंग पनि अति नजिक सम्वन्ध रहेको छ । हरेक महिनामा कुनै न कुनै पर्व थारु समुदायले मनाउदै आएकाछन् । 

प्रकाशित मिति: : 2020-10-24 15:31:00

प्रतिकृया दिनुहोस्