लोप हुँदै तराइको सांस्कृतिक चलन

असोज महिना उत्साह तथा लहडपूर्ण चाड पर्व र उत्सवको महिना हो।  कृषि काम जम्मै सम्पत्र भइसकेको हुनाले पूmर्सदमा रहेका किसानको धानबाली ओठे–काठे लागेको हुन्छ । ‘दसैं आउला खाउला पिउला र रमाइलो गरूँला’ मा सबैको ध्याउत्र हुन्छ। यस्तो बेला शक्ति प्रदायिनी माता दुर्गा भवानीको पूजा अराधना र कृतज्ञता अर्पण गर्नुको साथै मिठो–मसिनो खाने तथा विभित्र प्रकारको रमाइलो गर्ने जनमानसको योजना महिनांैदेखि प्रतिक्षित रहेको हुन्छ। 

तराईंमा घर घरमा दसैं रमझम र रमाइलो पारा गरेर मात्रे परम्परा न रहे पनि, सहर बजारका विभित्र ठाँउमा भवानीको पण्डाल स्थापना हुने तथा सप्तमीदेखि नवमीसम्म मेला, तमाशा लाग्ने गरेको हुन्छ। 

सो मेलामा विभिन्न किसिमका परिकार कित्रे, खाने, साथी भाईसित भेट्ने रमाइलो गर्ने तथा विभित्र खाले तमाशा हेर्ने, भाग लिने अवसरको प्रतिक्षामा तराइका युवा–युवती तथा बुढ़ा–पाकाले पनि औंला भाँचिरहेका हुन्छन। 

पहिले किशोर तथा वस्यकहरूले दसैंको अवसरमा रमाइलो गर्न लाग्ने खर्च स्वयंले व्यहोर्नु पर्दथ्यो (अभिभावकसित त्यतिबेला अनावश्यक खर्च गर्नको लागि द्रव्य हुदैन्थ्यो), जसको लागि उनीहरुले विद्यार्थी अवस्थामा रहे पनि गाउँका कुनै ठूला–बड़ाको सानो–तिनो काममा सघाईंदिएर केही रकम आर्जन गर्ने गर्दथे। अथवा खेतमा बाली कटाईं भएपछि अलपत्र सोत्तर परेका बाला टिपेर अत्र जम्मा पारि दसैंको अवसरमा सो अत्र बेचेर केही रकम हात पार्ने गर्दथे। 

किशोरहरूले जम्मा गरेको सो अत्र किन्नको लागि व्यापारीहरु थलोमै आउँदथे तथा तिनीहरुलाई घर–दैलोमै आइपुगेको हेरेर किशोर–किशोरीहरू दङ्गदास भएर फुरूङ्ग हुन पुग्दथे। अहिलेका दिनमा परिस्थिति फेरिइसकेको छ। अब आफ्ना बच्चा, किशोर–किशोरीको चाहना पु¥याउन उनीहरूका बाबु–आमा आफंै तम्तयार रहेका हुन्छन। एक माग्दा तीन हाजिर! दसैं पहिला सबैको लागि रमाइलो चाड थियो तर अहिले समयानुसार विभित्र वयका जनजीवनको लागि मात्र उपलब्ध छ ।

परम्पराको रूपमा दसैं सताब्दियौदेखि मानिदै आइरहेको प्रमाण छ तर समयानुसार रूप भने फरक छ। परापूर्वकालमा आसुरी प्रवृतिमाथि दैवीय प्रवृति आरोपण गर्नको निम्ति शक्ति संचयको आवश्यकता आइपरेको थियो। एकांकी रूपमा त्यस्तो अपरिमेय शक्ति कुनै पनि देवी वा देउतामा निहीत वा संचीत वा संग्रहीत थिएन, जसले अति बलवान असुर वा राक्षस तथा दानवहरूको संहार गर्न सकोस्। 

त्यसै कारणले सम्पूर्ण देवी–देउताले आ–आफ्ना शक्तिलाई एकीकृत गरेर एउटा दैवीय शक्तिको परिकल्पना साकार पारे। फस्वरूप सर्वशक्तिमान दुर्गा माताको प्रादुर्भाव भयो। शक्तिस्वरूपा दुर्गा देवीले मधु–कैटभ, महिषासुर, चण्ड–मुण्ड, धुम्रलोचन, रक्तबीज, शुम्भ–निशुम्भ नामक आततायी दैत्यहरूको नाश गरेर उनीहरुको पराभव गरेकी थिइन। देवीको त्यस कृत्यबाट अनुग्रहित भई कृतज्ञता प्रकट गर्नको लागि नवदुर्गाको पूजन, अराधनाको क्रममा दसैंको प्रथा चलेको थियो ।

दसैं शक्तिपूजनको महान् अवसर भएको हुनाले वाममार्गी तान्त्रिकहरूले नवरात्रीसम्म आफ्नो मन्त्रसिद्धिको लागि अनुष्ठान गर्ने गर्दछन। उनीहरुले आयोजित गरेको पूजास्थलमा दिनको समयमा कारणी (भूत, प्रेत बाधा उत्पन्न भएका आइमाइहरू) लाई झार–फुक तथा टोना–टोटका गर्ने गर्दथे । त्यस स्थललाई भोजपुरी भाषामा ‘टेका’ भन्दथे। सोही अवसर पारि तराईमा प्रचलित डाइन, बोक्सीले पनि आफ्नो मन्त्रसिद्धि गर्ने गर्दथे अरे! 

उनीहरूका त्यस्ता मन्त्रको सिद्धि हुन न पाओस् भन्नाको लागि तराईमा झिंझियाको प्रचलन चलेको थियो । वस्तुतः तराइमा रात्रीको समय किशोरी र युवतीहरूले नचाउने झिझिया गीतहरु तथाकथित डाइनहरूको निम्ति भद्दा गालीहरु मात्र हुन्थे। झिझिया खासमा भन्ने हो भने तन्त्र निवारण गर्ने उद्देश्यले प्रचलनमा आएको थियो। 

हालका दिनमा सो प्रचलन प्रायः लोपोन्मुख अवस्थामा रहेको छ। दसैंको अन्तिम दिन पूजाकोठामा राखिएको जमरा उखेलेर भगवतीको प्रसादको रूपमा मानिसले कानमा सिउरेर धारण गर्दथे तथा नीलकण्ठ चरा उडाएर हेर्ने गर्दथे। नीलकण्ठ चरालाइ भोजपुरी भाषामा ‘धोबिन चिरइ’ भन्दछन्। दसैंको साइतमा त्यो चरा उड़ाएर हेरेको अति शूभ हुन्छ भन्ने जनविश्वास छ। 

चराको कुरा भन्ने हो भने तराईमा हस्त नक्षत्रको अन्त्य र चित्रा नक्षत्रको सुरूको दिनमा बाटो घाटो तथा खेतबारीमा ‘खिड़लीच’ चरा देखा पर्दथ्यो। दसैंको दस दिन भित्रसम्म सो चरा सम्मुख देखा परे भाग्योदयको सूचक हुन्थ्यो। मानिसको कुनै बिग्रेको काम सफल भएको खण्डमा अन्य मानिसहरूले  भोजपुरी भाषामा भन्दथे–खिड़लीच देखले रहलह का? 

दसैं वरिपरिकै समयमा सो चरा देखिने गर्दथ्यो, अन्य महिनामा देखिदैन्थ्यो। यो त्यस चराको खास विशेषता थियो। हालका दिनमा दसैंको अवसरमा अब न त नीलकण्ठ चरा नै देखा पर्दछ न खिड़लीच चरा नै। सम्भवतः यो पर्यावरणीय असन्तुलनको प्रभाव हो कि?! यस प्रकार तराइको सांस्कृतिक चलन क्रमशः लोप हुँदै गइरहेको छ। केही कुरीति, कुसंस्कार, अन्धविश्वासको अन्त्य हुँदै जानु असल कुरा हो तर प्राकृतिक रूपमा संस्कृतिको विचलन निश्चय नै अपशोच जनक छ।  

खैरो नीलकण्ठ चराको निलो घाँटीलाई दसैंको अवसरमा यो पंक्तिकार पनि दर्शन गरेर आशिर्वाद लिने तथा घरबाट कुनै काम सफल पार्नको लागि निस्केको मौकामा सम्मुख देखिने खिड़लीच चरालाई हात जोरेर नमस्कार गर्ने धोको छ।

प्रकाशित मिति: : 2020-10-25 15:38:00
# सांस्कृतिक चलन

ट्रेन्डिङ