आयोमेल
अझै पनि ‘कोरोना केही होइन’ भन्नेहरु छन्।
तर, कोराना के हो? भन्ने कुरा आफूले भोगेपछि मात्रै थाहा हुन्छ।
‘जबकि अरुलाई पर्दा केही होइन, निको हुन्छ भन्न जति सजिलो छ, त्यति आफूलाई पर्दा नहुने रहेछ। कोरोनाको लक्षण भएपछि झन् गाह्रो हुने रहेछ,’ चागुनारायण नगरपालिका–९ मा बस्ने स्टार्फ नर्स सुजना बासुकलाको भोगाइ यस्तै छ।
भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य सेवा केन्द्रको आकस्मिक कक्षमा काम गर्ने स्टाफ नर्स हुन् सुजना।
सुरुमा उनलाई ढाड दुख्ने समस्या भएको थियो। जुन कोभिडको दुर्लभ लक्षण रहेछ। पछि सुजनालाई डिउटीमा काम गर्दा निकै थकान महशुस भएको उनी बताउँछिन्।
थकान महशुस भएको १२ घण्टाभित्र उनलाई ज्वरो आउने र टाउको दुख्ने लक्षणहरु पनि देखा पर्ने थालेको थियो। सँगसँगै रुघाखोकी, श्वास फेर्न केही कठिनाइ पनि अनुभव भएको उनी सुनाउँछिन्।
‘यी सबै रोगका लक्षण देखिएपछि मैले चिकित्सकसँग परामर्श लिने निर्णय गरेँ,’ उनले भनिन्, ‘स्वास्थ्यसम्बन्धी जानकारी मेरो लागि बरदान र श्राप दुवै भयो। स्वास्थ्यसम्बन्धी जानकारीकै कारण म आफ्नो शरीरमा आउने हरेक परिवर्तनका कारण खोज्ने गर्छु, त्यसको विश्लेषण गर्ने प्रयास गर्छु।’
कोभिडका बिरामीहरूलाई रोगको लक्षण देखापरेको १० वा १४ दिनभित्र सिटोकिन भनिने अवस्थामा फोक्सोमा थप भार पर्ने, अवस्था बिग्रने सम्भावना भएको आफूले जानकारी पाएको उनले बताइन्। चिकित्सकलाई उनले आफूलाई भएका समस्याहरु लक्षणबारे सोधपुछ गरिन्।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया