बिएल संवाददाता
भारतीय चलचित्र इतिहासका चर्चित डरावना पात्र ‘सामरी’का रूपमा परिचित अभिनेता अनिरुद्ध अग्रवालको वास्तविक जीवन पनि कुनै फिल्मभन्दा कम नाटकीय छैन।
हलिउड शैलीका कृत्रिम मेकअपबिना नै दर्शकलाई डराउन सक्ने उनको अनुहार र झण्डै ७ फिट अग्लो शरीरले उनलाई भारतीय पप–कल्चरको सबैभन्दा चर्चित ‘होरर आइकन’ बनायो।
तर पर्दामा खलनायक र भूत बनेर दर्शकलाई तर्साउने अनिरुद्ध वास्तवमा प्रतिष्ठित सिभिल इन्जिनियरिङ अध्ययन गरेका एक प्रतिभाशाली इन्जिनियर हुन्।
देहरादूनको मध्यमवर्गीय परिवारमा जन्मिएका अनिरुद्ध १० दाजुभाइ–दिदीबहिनीमध्ये आठौं सन्तान हुन्।
उनका बुबा किराना पसल चलाउँथे भने आमा गृहिणी थिइन्।
बाल्यकालदेखि नै अभिनेता जितेन्द्रका ठूलो प्रशंसक रहेका उनी हिरो बन्ने सपना बोकेका थिए।
तर परिवारको चाहनाअनुसार उनले अध्ययनमा ध्यान दिए र आफ्नै मेहनतले सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरे।
अध्ययनकै क्रममा जितेन्द्रलाई प्रत्यक्ष देखेपछि उनले अभिनेता बन्ने सपना पछ्याउँदै मुम्बई जाने निर्णय गरे।
मुम्बई पुगेपछि अनिरुद्धलाई आफ्नो आकर्षक व्यक्तित्वका कारण नायकको भूमिका पाउने विश्वास थियो।
तर उनको जीवनमा अप्रत्याशित स्वास्थ्य समस्या आयो। पिट्युटरी ग्रन्थीमा ट्युमर देखिएपछि शरीरमा हार्मोनको असन्तुलन भयो, जसका कारण अनुहार तथा हातखुट्टाका हड्डी अस्वाभाविक रूपमा बढ्न थाले।
यसले उनको स्वरूप नै परिवर्तन गरिदियो। उनले पछि दिएको एक अन्तर्वार्तामा आफूलाई देखेर सडकमा हिँडिरहेका मानिस, विशेषगरी युवतीहरू समेत डराउने गरेको बताएका थिए।
नायक बन्ने सपना टुट्न थालेपछि एक शुभेच्छुकको सुझावमा उनी रामसे ब्रदर्सको कार्यालय पुगे। त्यतिबेला रामसे ब्रदर्स ‘पुराना मन्दिर’ फिल्मका लागि ‘सामरी’ पात्रको खोजीमा थिए।
कार्यालयको ढोका खुल्नेबित्तिकै अग्लो कद र डरलाग्दो अनुहार देखेपछि निर्देशक तुलसी रामसे प्रभावित भए र तत्काल उनलाई ‘सामरी’को भूमिकामा अनुबन्ध गरे।
‘पुराना मन्दिर’मा सामरीको रूप तयार गर्न दैनिक करिब आठ घण्टा मेकअप गर्नुपर्ने हुन्थ्यो।
फिल्मको छायांकनका क्रममा एक रोचक घटना पनि चर्चित छ।
मुख्य अभिनेत्री आरती गुप्ता पहिलो पटक मेकअप रुममा प्रवेश गर्दा अनिरुद्ध सामरीको पूर्ण मेकअपमा थिए।
अचानक उनी फर्केर हेर्दा आरती डरले चिच्याउँदै बेहोस भएको घटना अहिले पनि चर्चित किस्साका रूपमा सम्झिन्छ।
अनिरुद्धको अभिनय यात्रा जोखिमरहित भने थिएन।
‘बन्द दरवाजा’ फिल्मको छायांकनका क्रममा उनी ताबुतभित्र बन्द हुने दृश्यमा अभिनय गरिरहेका बेला सास फेर्ने प्वाल नै बन्द भएपछि उनी भित्रै थुनिए। ता
बुत पूर्ण रूपमा साउन्डप्रुफ भएकाले उनको आवाज कसैले सुनेन। केही समयपछि मात्रै ढकनी खोलिएपछि उनको ज्यान जोगिएको थियो। अनिरुद्धका अनुसार त्यो दिन उनी मृत्युसँग निकै नजिक पुगेका थिए।
‘सामरी’ पात्रको लोकप्रियतासँगै अनिरुद्धलाई अन्य प्रकारका भूमिका कमै प्रस्ताव हुन थाले।
उनले पछि ‘ब्यान्डिट क्विन’, ‘मेला’ र ‘तलाश’ जस्ता चलचित्रमा साना भूमिका निभाए। रामसे ब्रदर्सले टेलिभिजनतर्फ ध्यान केन्द्रित गरेपछि अनिरुद्ध पनि बिस्तारै अभिनयबाट टाढिँदै गए।
हाल अनिरुद्ध अग्रवाल आफ्नै निर्माण व्यवसाय सञ्चालन गरिरहेका छन्।
हिरो बन्ने सपना बोकेर मुम्बई पुगेका उनी परिस्थितिका कारण ‘भूत’ बनेर प्रसिद्ध भए।
यद्यपि, उनले भारतीय चलचित्र इतिहासमा ‘सामरी’का रूपमा बनाएको पहिचान आज पनि दर्शकमाझ उत्तिकै अमिट छ।
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया