देहरादुनमा कुटिएका ५१ नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेस प्रवक्ताको माग

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्न आग्रह गरेका छन्।

बिहीबार ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई शर्माले मेन्सन गर्दै विद्यार्थीको अविलम्ब उद्धार गर्न र भारत सरकारको ध्यानाकर्षण गराउन माग गरेका हुन्।

देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी १० कात्तिकमा कुटिएको उनका अभिभावकहरूले जानकारी दिएका हन्। कुटिएकामध्ये ४२ जनालाई चोट लागेको छ।

दसैंका बेला घर आउन खोज्दा  सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, रामेछाप लगायत १९ जिल्लाका विद्यार्थीहरूलाई कुटिएकाे उनीहरुले बताएका छन्।

शर्माले लेखेका छन्, ‘देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरू निर्घात पिटिएको घटना अत्यन्तै गम्भिर छ।’

प्रकाशित मिति: : 2020-10-29 11:26:00

प्रतिकृया दिनुहोस्