बुधबार, २० अगस्ट २०२५

रियलको सानदार जित, हजार्डले गरे एकवर्ष पछि पहिलाेपटक गाेल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सानदार जितसँगै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा हुएस्कालाई ४–१ ले पराजित गर्दै रियल शीर्षस्थानमा उक्लिएकाे हाे। शीर्षस्थानमा उक्लिनेक्रममा रियलले सोसिडाडलाई पछि पारेकाे छ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करीम बेन्जेमाले २ तथा इडेन हाजार्ड र फेडे भालभेर्डेले १/१ गोल गरे।

४०औँ मिनेटमा हजार्डले गोल गर्दै अग्रता दिलाएका थिए। उनले मिडफिल्डमा भालभेर्डेले दिएको पासलाई गाेलपाेष्टकाे दिशा देखाएका थिए।

उनले रियलका लागि एक वर्ष भन्दा लामो समयपछि गोल गरेका हुन्।

उनले यसअघि सन् २०१९ को अक्टोबर ५ मा ग्रानाडाविरुद्ध ला लिगामा गोल गरेका थिए। 

यता पहिलो हाफको अन्तिम मिनेटमा नै रियलले बेन्जेमाको गोलमा अग्रता दोब्बर पार्यो। लुकास भाज्केजले दिएको क्रसलाई बेन्जेमाले गाेल गरे। 

यस्तै ५४औँ मिनेटमा फेदेरिको भाल्भेर्देले गोल गरे।

हुएस्काका लागि ७४औँ मिनेटमा डेविड फेरेइरोले एक गोल गरे। राफा मिरले सिर्जना गरेको उत्कृष्ट मुभपछिको क्रसलाई उनले ब्याक पोस्टमा सहजै गोल गरेका थिए।

तर ९०औँ मिनेटमा  रोड्रीगोको पासमा बेन्जेमाले व्व्याक्तिगत दोस्रो गोल गर्दै रियलको फराकिलो जित सुनिश्चित गरे। 

जितपछि रियलको सात खेलबाट १६ अंक भएको छ।

उ दोस्रो, तेस्रो र चौथो स्थानका रियल सोसिडाड, एथ्लेटिको मड्रिड र काडिज भन्दा दुई अंकले अघि छ। 

आइतबार, कार्तिक १६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!