विश्व नम्बर दुई महिला टेनिस खेलाडी सिमोन हालेपलाई पनि कोरोना संक्रमण भएको छ। उनले ट्वीटमार्फत यसको जानकारी दिएकी हुन्।
हालेपले आफू सेल्फ आइसोलेसनमा बसेको जानकारी दिइन। ‘मलाई कोरोनाको लक्षण देखिएको छ। अहिले केही राम्रो अनुभव गरिरहेको छु। छिट्टै निको हुने आशामा छु,’ उनले भनेकी छिन्।
रोमानियाकी नम्बर एक खेलाडी हालेपले गत वर्ष विम्बल्डनको उपाधि र सन् २०१८ मा फ्रेन्च ओपनको उपाधि जितेकी थिइन। २९ वर्षीय हालेपले अमेरिकामा बढ्दो कोरोना भाइरसका कारण यसपालि युएस ओपनबाट आफ्नो नाम फिर्ता लिएकी थिइन। उनलाई शनिबार लक्षण देखिएको थियो।