महिना दिनअघि वेपत्ता भएका ट्याक्टर चालकको अवस्था अझै अज्ञात

जुम्लाको चन्दननाथ नगरपालिका ९ बयलकाटियाका ट्याक्टर चालक धन गिरीको अवस्था महिना दिनदेखि अज्ञात रहेको छ। 

गुठीचौर गाउँपालिका ५ का ४ जना युवाहरुको हातपात र ढुङ्गामुडा गरि असोज महिनाको १५ गते वेपत्ता पारेको गिरीका दाई भैरे गिरीले बताए। 

गएको असोज १५ गते लु ३ त ९६२२ नम्बरको ट्याक्टरमा सिरया र सिमेन्ट मणिसाघु पुगाएर फर्किने क्रममा जवरजस्ती चढेका गुठीचौर गाउँपालिका ५ बस्ने विमल महत, भोटे नामले बोलाइने दन्द बहादुर भण्डारी, सागर गिरी र विनोद गिरीले लामाकार भन्ने स्थानमा साढे ९ बजेतिर हातपात तथा ढुङ्गामुडा गरेको हुनाले चालकको अवस्था हालसम्म अज्ञात रहेको उनका दाइले आराेप छ।

‘हामीलाई कि लाश, कि सास उपलब्ध गराइदिनु पर्‍यो। सहचालक दानबहादुर रावतलाई घटनाको सहि सूचना दिन छलकपट गर्न लगाउनु र ट्याक्टर मालिक रेणु शाहीले आफ्नो ट्याक्टर चालकको हालसम्म खोजी कार्यमा चासो नदेखाउनुले घटना रहस्यमय बन्दै गएको छ,’ उनको भने।

सँगै रहेका सहचालकको अवस्था सबैले देख्ने गरी मालिकको सम्पर्कमा रहनु र चालकको अवस्था अज्ञात हुनुले घटनामा रहस्य लुकेको वेपत्ता गिरीका आफन्त तुलराज गिरीले बताए। 

‘महिना दिन भइसक्दा पनि चालक सम्पर्कमा नआएको हुनाले जीवित भेटाउने आशा मरि सकेको छ,’ उनले बिएल नेपाली सेवासँग भने, ‘के कति कारणले चालकको अवस्था ज्ञात हुन सकेन प्रहरीले पत्ता लगाइदिनु पर्‍यो।’

वेपत्ता चालक आफन्त कसैको पनि सम्पर्कमा नरहेको उनले उनले थपे। 

‘घटनाको विषयम सहचालकलाई सबै जानकारी छ। सरोकारवाला निकायको ध्यान बैलेमा नपुगेपछि उत्पन्न हुने क्षतिको सबै जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्छ,’ उनले भने।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा अपहरण तथा व्यक्ति वेपत्ता सम्बन्धी उजुरी दर्ता गरेका छन्।

यता प्रहरीले भने ५ जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। डिएसपी माधव काफ्लेका अनुसार नियन्त्रणमा लिएकाहरुलाई सोधपुच्छ गर्दा हातपात गरेको भनी हालसम्म स्वीकारेता पनि अदालतमा गएर बयान बदल्न सक्ने बताए। 

‘वेपत्ता गिरीका आफन्तले दिएको जाहेरीका आधारमा मुद्दा अघि बढेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘तथापि वेपत्ता गिरीको वास्तविक अवस्थाका जानकारी हुन सकेको छैन।’

प्रकाशित मिति: : 2020-11-01 19:33:00

प्रतिकृया दिनुहोस्