सर्वोच्चको अन्तरिम आदेशपछि रोकियो उपसचिवको विज्ञापन

सर्वोच्च अदालतले उपसचिवको विज्ञापन स्थगित गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल र नारायण पराजुलीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

उपसचिवका लागि रिक्त सबै पदमा विज्ञापन माग नगरी लुकाएको भन्दै बढुवाको मुखमा पुगेका शाखा अधिकृतहरूले मुद्दा दायर गरेका थिए ।

सहसचिव पद लुकाएको भन्दै उपसचिवद्वारा दायर गरेको मुद्दामा पनि यसअघि नै अल्पकालीन अन्तरिम आदेश जारी भइसकेको छ ।

प्रकाशित मिति: : 2020-11-02 19:04:00

प्रतिकृया दिनुहोस्