
प्रेम नेउपाने
सधैँसधैँ यसै गरि हासिरहन पाउँ
साथीसङ्गि सबैसँग मिलिरहन पाउँ
ठूलाबढा गुरुजनको आशिष थापिरहन पाउँ
आफ्ना गाउँघर आँगन पँधेरामा नाचिरहन पाउँ।
मन्दिर गुम्बा गुरुद्वारा ढोगिरहन पाउँ
साधुसन्त महात्माको सधैं वाणी सुन्न पाउँ
वेद पुराण धर्मग्रन्थ पढिरहन पाउँ
गीता गंगा गायत्री जपिरहन पाउँ।
ढाका टोपी दौरा सुरुवाल सधैँ लाउन पाउँ
मादल डम्फु विनायो बजाइरहन पाउँ
दशैँ आउँदा रातो टीका सधैँ लाउन पाउँ
तिहार आउँदा मादल बोकि देउसी खेल्न पाउँ।
आफ्नै बोली मातृभाषा बोलिरहन पाउँ
खुल्ला मनको सँगलो विचार पोखिरहन पाउँ
रिसराग ईर्ष्या देखि टाढैरहन पाउँ
सधैँसधैँ यसै गरी हाँसिरहन पाउँ।
प्रेम नेउपाने प्रहर
रुम्तेक, सिक्किम
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया