सन्दीपले बिबिएलकाे तेस्रो सिजन होबर्ट हुरिकेन्सबाट खेल्न सक्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको टी–२० फ्रेञ्चाइज लिग बिग ब्यास (बिबिएल)काे तेस्रो सिजन होबर्ट हुरिकेन्सबाट खेल्न सक्ने भएका छन्।

अघिल्ला दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका सन्दीप सिजन २०२०-२१ यो सिजन हुरिकेन्सले भित्र्याउन सक्ने डेली मेलले जनाएकाे छ। 

यसअघि व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटी सन्दीपले होबार्ट हुरिकेन्स, सिड्नी थन्डर, सिड्नी स्कर्चर्स र पर्थ स्कोचर्समध्ये एक टोलीबाट खेल्न सक्ने सम्भावना रहेकाे बताएका थिए।

उनले नयाँ टोलीसँग सम्झौता हुने पक्का भएपनि अन्तिम रुप दिन बाँकी रहेको बिएल नेपाली सेवालाई बताएका थिए। 

‘नयाँ टोलीसँगको सम्झौता अन्तिम चरणमा छ। यसलाई मूूर्तरुप दिन केही समय लाग्छ। फाइनल भयो भने मिडियामा सार्वजनिक गर्नेछौं,’ उनले भनेका थिए। 

सिवाकोटीले अन्य टिमबाट खेल्नका लागि छलफल भए पनि कुन टिमबाट खेल्ने सार्वजनिक गरेका छैनन्।

सन्दीप बाहिरियसँगै मेलवर्नले अर्का स्पिनर अफगानिस्तानका जाहिर खानलाई भित्र्याउन लागेको छ। खानले गत सिजन ब्रिसबेन हिटबाट खेलेका थिए।

सन्दीपले सन् २०१८ मा मेलबर्नबाट ८ खेल खेल्दा ११ विकेट लिएका थिए। सन् २०१९ मा १३ खेलमा १५ विकेट प्राप्त गरेका सन्दीप नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता जुधेकै कारण खेल बीचैमा छाडेर देश फर्किएका थिए। 

त्यो वर्ष मेलबर्न फाइनल प्रवेश गरेको थियो। तर मेलबर्नले उपविजेतामा चित्त बुझाउनु परेको थियो। 

यसपटक बिग ब्यास ३ डिसेम्बर २०२० देखि सुरु भएर ६ फेब्रुअरी २०२१ मा सम्पन्न हुदैछ। 

सन्दीप गत साउनमा क्यारेबियन प्रिमियर लिग खेल्न ट्रिनिडाड एन्ड टोबागोमा गएका थिए। उनी त्यतैबाट असोज पहिलो साता आइपीएल २०२० का लागि युएई पुगेका थिए।

तर यस सिजन सन्दीपलाई दिल्ली क्यापिटल्सले कुनै खेलमा मौका दिएन। 

प्रकाशित मिति: : 2020-11-12 16:09:00

प्रतिकृया दिनुहोस्